‘मधेशको मुद्धा नेपालको आन्तरिक मामला हो’: नीतीश कुमार

२० फाल्गुन २०७२, बिहीबार २१:५५ मा प्रकाशित

काठमाडौ, २१ फागुन । विहारका मुख्यमन्त्री नीतीश कुमारले मधेसको मुद्धा नेपालको आन्तरिक मामिला भएको भन्दै यसलाई संबोधन गर्न नेपालका नेताहरु सक्षम भएको टिप्पणी गरेका छन ।विहीबार राजधानीमा आयोजित साक्षात्कारमामा उनले भने, पहाडी, मधेसी र जनजाति सबै नेपाली हुन । यहाँका नेताहरु उनीहरुको समस्या संबोधन गर्न सक्षम छन । हामी त केवल नेपालको प्रगति र सद्भाव चाहन्छौ ।

बिहिबार राजधानीमा आयोजित साक्षात्कारमा मुख्यमन्त्री नितिशकुमारले मधेसी नेताहरुले आफूलाई भेटेर अन्तरिम संविधान भन्दा पनि कम अधिकार बर्तमान संविधानले दिएको भनि असन्तुष्टी ब्यक्त गर्ने गरेको सुनाउँदै आफूले उनीहरुलाई यो समस्या नेपालमै समाधान गर्न सुझाव दिएको बताए ।

नीतीशलेभने,‘ नेपालको जति पनि समस्या छ, त्यो समस्या नेपालीहरुले नै समाधान गर्ने हो नेपालको आन्तरिक मामिलामा भारतलाई तान्न हुँदैन । नेपालका दलहरुले समस्या समाधान गर्न सक्छन भन्ने प्रमाणित भईसकेको छ ।’ नितिस कुमारले नेपालको संविधान नेपालीहरुको लागि आएकोले यसमा भारतको कुनै आपत्ति नभएको समेत धारणा राखे । उनले नेपाल भारत सम्बन्ध अटुट भएको उल्लेख गर्दै भारतको एकमात्र चाहना नेपालको विकास भएको बताए ।

नीतीश कुमारले भने,‘ भारतीयहरु नेपालसँग भावनात्मक रुपमा जोडिएकोले नेपालले पनि विकास गरोस भन्ने चाहन्छन । नेपालमा विकासको धेरै सम्भावना छ । भुटानको भन्दा धेरै नेपालमा जलविद्युतको धेरै सम्भावना छ । मैले सुनेको छु, यहाँ एक लाख मेघावाट विद्युत उत्पादनको क्षमता छ । यसलाई उपयोग गर्न सके नेपालको आर्थिक विकास हुन्छ । ’ उनले नेपालमा आवश्यक बाहेकको विद्युत भारतले खरिद गर्ने बताउँदै नेपालको विकासको सम्भावना सबैले बुझ्नु पर्ने र यसैमा आफुहरुको स्वार्थ रहेका बताए ।

नीतीशले भने,‘ नेपालको विकास भए भारतलाई राम्रो लाग्छ ।दुई देशवीच राम्रो सम्बन्ध छ । मैले प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुसँग कुरा गरे उहाँहरुको पनि यही भावना छ । ’
उनले नेपालमा धार्मिक पर्यटन सहित जलविद्युत, कृषि र उद्योगको सम्भावना रहेको भन्दै यस विषयमा सबै संबेदनशिल हुनु पर्ने आफ्नो धारणा सुनाए ।

नीतीश कुमारलेले काग्रेसको १३ औ महाधिवेशनको कारणले पहिलो पटक नेपाल आउने अवसर जुरेको र यसै अवशरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री र महत्वपूर्ण ब्यक्तित्वहरुसँग कुराकानी गर्ने अवसर पाएको भन्दै यसले आफूलाई हर्षित बनाएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ताको निर्णय

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट लिएर विदेश उड्न लागेका ११२ जना यात्रुलाई विमानस्थलबाट फर्काइएको छ । विभिन्‍न देशमा जानका लागि