बूढासुब्बा गोल्डकप फुटबल: मनाङ-मर्स्याङ्दी फाइनलमा

२० फाल्गुन २०७२, बिहीबार २१:४९ मा प्रकाशित

धरान, २० फागुन मनाङ । मर्स्याङ्दी क्लब बूढासुब्बा रेडबुल गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । उसले बुधबार डिफेन्डिङ च्याम्पियन एपीएफलाई ३–२ ले हरायो । मनाङ अब नेपाल पुलिस क्लब र रूपन्देही–११ बीचको विजेतासँग उपाधिका भिड्नेछ ।

प्रतिस्पर्धात्मक खेलमा मनाङका अफिज ओलावालेले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेर टिमलाई अघि बढाएका थिए । उनले हेम गुरुङको कर्नर प्रहारलाई सदुपयोग गरेका थिए । एपीएफले सातौं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो ।

सुदीप शिख्राकारको फ्रिकिक बललाई रमेश दंगालले गोलमा परिणत गरेका थिए ।

खेलको १३ औं मिनेटमा एपीएफका अनन्त विष्टले मैदानको मध्यभागबाट एक्लै बल बढाएर वान भर्सेस वानमा गोल गरेर टिमलाई २–१ को अग्रता दिलाएका थिए । मनाङका सुजल श्रेष्ठले २६ औं मिनेटमा मिलाएको पासमा अनिल गुरुङले गोल गरेपछि खेल २–२ को बराबरी भएको थियो । तर ६१ औं मिनेटमा विशाल राईको फ्रिकिक प्रहारलाई नियन्त्रण गर्दै अनन्त तामाङले गोल गरेपछि मनाङले बाजी मारेको हो ।

यसअघि खेलको ४३ औं मिनेटमा मनाङका अफिज ओलावालेलाई सरोज कोइरालाले पेनाल्टी एरियामा तानेर लडाएपछि पाएको पेनाल्टी सुजलले खेर फालेका थिए ।

मनाङका प्रशिक्षक छिरिङ लोप्सान गुरुङले आफ्ना खेलाडीले ७५ प्रतिशत मात्र प्रदर्शन गरेको बताए । उनले भने, ‘हामीले पाएको पेनाल्टी पनि सदुपयोग गर्न सकेनौं । गोल गर्ने धेरै मौका गुमायौं ।’

उता एपीएफ प्रशिक्षक जनक सिंहले आफ्ना खेलाडीले विपक्षी खेलाडीलाई खुलेर खेल्न दिएकाले पराजय भोग्नुपरेको बताए । उनले भने, ‘हामीले गोल गर्ने धेरै मौका गुमायौं ।’ नेपाल पुलिस क्लब र रूपन्देही–११ बीच बिहीबार खेल हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतमा जारी आईपीएलमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईविरुद्धको खेलमा दिल्ली ६ विकेटले विजयी भयो

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-ट्‍वान्टी आइ सिरिजको तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यस सिरिजको फाइनलको यात्रा तय गरिसकेको नेपालले

काठमाडौं ।  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित