
मुम्बई । भारतीय क्रिकेटर विराट कोहली र बलिउड नायिका अनुष्का शर्माको सम्बन्ध विग्रिएको भन्ने समाचार बाहिर आइरहेको बेला फेरि उनीहरुको सम्बन्ध फेरि सुध्रिएको समाचारले स्थान पाएको छ।
भारतीय मिडियाले जनाए अनुसार २७ फेब्रुअरिमा भएको भारत-पाकिस्तान क्रिकेट खेलमा टिम इण्डियाले शानदार ढंगले जितेपछि अनुष्काले विराटलाई फोन गरेर बधाई दिइन्। उनीहरुले कुरा गरेको जानकारी अनुष्काकै एक साथीले दिएकी थिइन्।
त्यसो त केही मिडियाले अनुश्का र विराटको ब्रेकअप भयो भनेर समेत लेखे। खासमा ति मिडियाले पनि पछि थाह पाए कि उनीहरुको ब्रेक नभएर ठाकठुक परेको रहेछ।
अष्टे्रलिया टुरमा जानुअघि विराटले केही दिन अनुश्कासँग छुट्टी मनाउने योजना बनाएका थिए। अनुश्का ‘सुल्तान’को सुटिङमा ब्यस्त भएकाले समय दिन नसक्ने भइन् र उनीहरुको सँगै घुम्ने योजना पूरा भएन। त्यहि कारण विराट अनुश्कासँग रिसाएका थिए। तर, अहिले उनीहरुको सम्बन्ध सुध्रिसकेको मिडियाले दाबी गरेका छन्।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित
काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ
काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी
बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ