दक्षिण सुडानको संकट गहिरिदैः राष्ट्रसंघ

२० फाल्गुन २०७२, बिहीबार २१:३९ मा प्रकाशित

संयुक्त राष्ट्रसंघ, २० फागुन, (एएफ्पी) । दक्षिण सुडानमा द्वन्द्वरत पक्षले शान्ति सम्झौतालाई लागु गरी अगाडि बढिरहेको बेला यहाँको मानवीय सङ्कट चुलिंदै गएको सुडानका लागि संयुक्त राष्ट्रसंघ शान्ति अभियान प्रमुखले बताउनुभएको छ ।

अभियान प्रमुख हार्वे लाडसोसले भन्नुभयो, “ दक्षिण सुडानमा दशौं हजार मानिसको मृत्यु भइसकेको छ, अहिले त हामीले मृतक सङ्ख्या गन्न नै गाह्रो पर्न थालेको छ ।” युद्ध शुरु भएको तेस्रो बर्षसम्म आइपुग्दा करीब दुई लाख मानिस उनीहरूका घरबाट विस्तापित भैसकेका छन् ।

सन् २०१५को अगष्टमा युद्धरत पक्षबीच शान्तिवार्ता भएपछि यहाँका दलहरू यसलाई कार्यान्वयन गर्न अग्रसर छन् यद्यपि उपलब्धिलाई संस्थागत गर्न अझै धेरै समय लाग्ने अवस्था देखिन्छ लाडसोसले बुधबार पत्रकारसंगको कुराकानीका क्रममा बताउनुभयो ।

बेलायतले दक्षिण सुडानमा देखिंदै आएको हतियारको प्रबाहलाई कम गर्न हतियार ब्यापारमा प्रतिबन्ध लगाउनु पर्ने बताउँदै आएको छ भने रसियाले यसप्रति विमति राख्दै यसले विद्रोहीलाई भन्दा सरकारलाई प्रभाव पार्छ भनिरहेको लाडसोसले बताउनुभयो । यसो हुनु द्वन्द्व नियन्त्रण प्रयासमा प्रत्युदपादक हुने रसियाको मत भएको उहाँको मत छ ।

हामीले अझैपनि सामाजिक तथा आर्थिक परिवर्तनका लागि सरकारले काम गर्न सकिरहेको देख्न वा अनुभूती गर्न पाएका छैनौ र दक्षिण सुडानमा मानवीय अवस्था अत्यन्तै दयनीय अवस्थाबाट गुज्रिएको पाएका छौ, उहाँले थप्नुभयो ।

उच्च राष्ट्रसंघ अधिकारीका अनुसार दक्षिण सुडानमा द्वन्द्वका कारण ५० हजार भन्दा बढी जनताको मृत्यु भइसकेको छ ।

सुडानबाट सन् २०११मा स्वतन्त्र भएपछि सन् २०१३ को डिसेम्बर पछि दक्षिण सुडान लगातार रूपमा द्वन्द्वको चपेटामा परेको थियो ।

तर सन् २०१५को अगष्टमा युद्धरत पक्षबीच शान्तिवार्ता भएपछि यहाँका दलहरू यसलाई कार्यान्वयन गर्न अग्रसर छन् यद्यपि गरिबीको मार भोग्दै आएको यस देशले परिबर्तनको महसुस पर्नभने पाएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो