लागुपदार्थ तस्कर पक्राउ

१७ असार २०६९, आईतवार १८:३७ मा प्रकाशित


काठमाडौं, १७ असार ।
लागू औषध नियन्त्रण कानून कार्यान्वयन इकाई नयां बानेश्वरबाट खटिएको अप्रेशन समूहले ठुलो परिमाणमा नियन्त्रित लागूऔषध तथा सो कार्यमा संलग्न चारजनालाई पक्राउ गरेको छ । मकवानपुरको टिष्टुङ्ग पालुङ्ग गाविस–४ शिखरकोटका २२ वर्षीय आशिक गोतामे र टिष्टुङ्ग पालुङ्ग गाविस–८ गैरीगाँउका २० वर्षीय हरेराम कार्कीलाई ना.४ ख २९० नम्बरको ट्रकमा चालकको सिटपछाडिको लामो सिटमुनी लुकाइछिपाई राखेको अवस्थामा नियन्त्रित लागूऔषध बुपे्रनर्फिन एम्पुल ५ हजार २ सय पिस, डाइजेपाम एम्पुल ५ हजार २ सय पिससहित काठमाडौं महानगरपालिका–१४ कलंकीबाट पक्राउ गरिएको हो ।
यसैगरी अपरेशन समूहले मकवानपुर जिल्ला टिष्टुङ्ग पालुङ्ग गाविस–४ सोल्टु अंगरे घर बताउने ४६ वर्षीय रमेश शिवभक्तिलाई नियन्त्रित लागूऔषध बुप्रेनर्फिन एम्पुल १ हजार ५ सय पिस र डाइजेपाम एम्पुल १ हजार ५ सय पिससहित काठमाडौं महानगरपालिका–१० शंखमुलबाट पक्राउ गरेको छ भने काभ्रेपलाञ्चोक जिल्ला गोकुले गाविस–७ का २६ वर्षीय कान्छामान वाईवालाई बा.३ ख. ११०६ नम्बरको माइक्रोबसभित्र यात्रुहरु बस्ने पछाडिको सिटमुनी लुकाई राखेको अवस्थामा नियन्त्रित लागूऔषध बुपे्रनर्फिन एम्पुल १ हजार ५ सय पिस र डाइजेपाम एम्पुल १ हजार ५ सय पिससहित काठमाडौं महानगरपालिका–३५ कोटेश्वर बालकुमारी पुल नजिकबाट सोही अपरेशन समूहले पक्राउ गरेको छ ।
कान्छामान वाईवाले लामो समयदेखि विभिन्न भाडाका सवारी साधन प्रयोग गरी नियन्त्रित लागूऔषध पटक–पटक रक्सौलबाट उपत्यकामा ल्याई विक्री वितरण गर्दै आइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका बागबजारस्थित टुकुचा तरकारीबजारबाट दोलखा घर भएका २७ बर्षीय बिक्रम श्रेष्ठ र सुनसरी ईटहरी घर भएकी २४ बर्षीया सरीता क्षेत्रीलाई अन्दाजी ४ सय ग्राम गाँजा सहित प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक