युरोपेली फुटबलको सर्वोच्च प्रतियोगिता ‘युरो २०१६’, आउन सय दिन बाँकी

१९ फाल्गुन २०७२, बुधबार २२:४८ मा प्रकाशित

पेरिस, १९ फागुन । युरो २०१६ यसै वर्ष हुँदै छ । युरोपेली फुटबलको सर्वोच्च यो प्रतियोगिता आउन ठीक एक सय दिन बाँकी छ । प्रतियोगिता जुन १० बाट सुरु भई जुलाई १० सम्म चल्नेछ । यसपटक युरोको इतिहासमै सबैभन्दा बढी २४ राष्ट्रको सहभागिता रहनेछ ।

फ्रान्सका विभिन्न १० सहरमा चल्ने प्रतियोगिताको ५१ खेलहरू हुनेछ, जुन युरो २०१२ को भन्दा २० बढी हो । प्रतियोगिता अन्तर्गत इटाली र स्विडेन बीचको खेलमा एक नेपाली दर्शकले प्रत्यक्ष हेर्न मात्र नभई म्यान अफ द म्याचलाई पुरस्कार दिने पनि पाउनेछन् ।

युरोको अफिसियल बियर कार्ल्सबर्गले यो अवसर जुराएको हो । कार्ल्सबर्गले ‘लाइभ इट लाइभ’ प्रवद्र्धनात्मक अभियान ल्याएको छ । त्यसबाट फ्रान्समा गएर इटाली र स्विडेनबीचको खेल हेर्नुका साथै म्यान अफ द म्याच पनि प्रदान गर्ने कार्ल्सबर्गले जनाएको हो ।

गोर्खा बु्रअरीका प्रबन्ध निर्देशक फिलिप नोर्ले भने, ‘कार्ल्सबर्गले आफ्ना उपभोक्ता माझ पुगी फुटबलको एउटा भिन्न अनुभव प्रदान गर्ने जमर्को गरेको छ, जस अन्तर्गत भाग्यशाली विजेताले फ्रान्स गई युरो प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नुहुनेछ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

भारतमा जारी आईपीएलमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईविरुद्धको खेलमा दिल्ली ६ विकेटले विजयी भयो

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-ट्‍वान्टी आइ सिरिजको तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यस सिरिजको फाइनलको यात्रा तय गरिसकेको नेपालले

काठमाडौं ।  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित