इन्डोनेशियामा शक्तिशाली भुकम्प, सुनामीको चेतावनी

१९ फाल्गुन २०७२, बुधबार २२:३९ मा प्रकाशित

आचेह, १९ फागुन, (सीएनएन)। इन्डोनेशियाको सुमात्रा टापुमा बुधबार ७.९ रेक्टर स्केलका शक्तिशाली भुकम्प गएको छ । भूकम्पका कारण केही मानिसको मृत्यु भएको इन्डोनेशियाली अधिकारीहरुले जनाएपनि बुधबार साँझसम्म ठूलो क्षतिको खबर आएको थिएन ।

भुकम्पपछि उत्तर तथा पश्चिमी सुमात्रा, आचेह, क्रिसमस आइल्यान्ड तथा कोकोस आइल्यान्डमा सुनामीको चेतावनी दिइएको थियो भने अष्ट्रेलियाको मौसम विज्ञान ब्यूरोले पश्चिमी तटीय क्षेत्रमा अलर्ट जारी गरेको थियो । तर, पछि दुवै देशले सुनामीको चेतावनीलाई रद्ध गरेको बेलायतको मिरर अनलाईनले जनाएको छ ।
अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भुकम्पको केन्द्रविन्दु इन्डोनेशियाको पादोङदेखि ८ सय ८ किलोमिटर दक्षिण-पश्चिमी क्षेत्रको १० किलोमिटर गहिराईमा रहेको छ । स्थानीय समयअनुसार राती ८ बजे भुकम्प आएपछि स्थानीयबासीहरु घरबाट बाहिर निस्किएका थिए भने सुनामीको डरले अग्लो स्थानतर्फ भागेका थिए । नेशनल सर्च एन्ड रेस्क्यु एजेन्सीका अपरेशन उपप्रमुख हिरोनिमस गुरुले भुकम्पका कारण केही मानिसको मृत्यु भएको बताए । तर, रातीको समय भएकाले मृतकहरुको संख्या यकिन भएको छैन ।
सन् २००४ मा आएको ९.१ रेक्टर स्केलको भुकम्पपछिको सुनामीले इन्डोनेशियासहित भारत, श्रीलंका, थाइल्याण्ड, मलेसिया, सोमालिया, केन्या, तान्जानिया र बंगलादेशमा २ लाख ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । त्यसको ३ महिनापछि आएको ८.७ रेक्टर स्केलको अर्को भूकम्पमा १ हजार ३ सय जनाको मृत्यु भएको थियो । यस्तै, सन् २००६ को मे महिनामा आएको ६.३ रेक्टर स्केलको भूकम्पमा ५ हजार ७ सय ५० जनाको मृत्यु भएको थियो । २०१४ मा पनि त्यहाँ ७ रेक्टर स्केलका २ भुकम्प आएका थिए भने सन् २०१६ को फेब्रुअरीमा पनि पुलाउ साम्बा टापु केन्द्र रहेको ६.५ रेक्टर स्केलको भूकम्प आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो