काँग्रेस १३ औं महाधिबेशन: केन्द्रीय सदस्य बन्न सैयौँ इच्छुक

१९ फाल्गुन २०७२, बुधबार ११:३० मा प्रकाशित

काठमाडौँ, १९ फागुन । नेपाली काङग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिन काङग्रेसका नयाँ र पुराना नेतादेखि ब्यवसायिक पृष्ठभूमिका ब्यक्तिहरूले समेत इच्छा राखेका छन् । प्रजातान्त्रिक आन्दोलनसँग पञ्चायतकालदेखि नै जोडिएका तर चिकित्सा पेशामा आबद्ध डा. राजाराम कार्कीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । त्यसैगरि, बैकिङ क्षेत्रमा लगानीकर्ताको रूपमा आबद्ध बिष्णुप्रसाद धितालले पनि पाँच नम्बर प्रदेशबाट उम्मेद्वारी दिने भएका छन् । त्यस्तै लामो समयदेखि प्रजातान्त्रिक आन्दोलनमा संलग्न हुँदै आउनुभएका ख्यातिप्राप्त गायक नन्दकृष्ण जोशीले सात नम्बर प्रदेशबाट उम्मेद्वारी दिने तयारी गरिरहनुभएको छ ।

केन्द्रीय सदस्यको उम्मेद्वार बन्न तयारी गरिरहनुभएका अन्य नेता तथा कार्यकर्ताहरूमा तारानाथ रानाभाट, नरेन्द्रविक्रम नेम्वाङ, भीष्मराज आङ्दम्बे, विश्वप्रकाश शर्मा, एनपी साउद, राजु खनाल, देवेन्द्र कँडेल, दीपकप्रकाश बाँस्कोटा, भरत शाह, अमुत अर्याल, पदम पालुंगा, रमेश रिजाल, चन्द्र भण्डारी, बहादुरसिंह लामा, जीवनबहादुर शाही, श्याम घिमिरे, हरिप्रसाद नेपाल, वीरबहादुर बलायर छन् । त्यसैगरि, प्रदिप गिरी, मनमोहन भट्टराई, महालक्ष्मी उपाध्याय डीना, लक्ष्मी खतिवडा, महेश आचार्य, बद्रि पाण्डे, प्रदीप पौडेल, अशोक कोइराला, रामचन्द्र तिवारी, शोभाकर पराजुली, बलबहादुर केसी, गोविन्दराज जोशी, शुक्रराज शर्मा, प्रतिमा गौतम, आनन्दप्रसाद ढुङ्गाना, डा. सुरेशचन्द्र चालिसे, सुधीर शिवाकोटी, महेश थपलिया, तुलसी सुब्बा, राजिव ढुङ्गाना, रेवती भुषाल, हृदयराम थानी, भुपेन्द्रजङ शाही, दिलेन्द्रप्रसाद बडु, ध्रुब वाग्ले, रणबहादुर रावल, जगन्नाथ पौडेल, बालकृष्ण खाण, रामकुमार चौधरी, कृष्णचन्द्र नेपाली, यज्ञबहादुर थापा, तिलक रुवाली, बासु तिमिल्सेना, उमा दाहाल, दिलमान पाख्रिन तामाङ, अम्बिका अधिकारी, रीता खनाल, कल्पना अधिकारी, रामनाथ अधिकारी, गोपालमान श्रेष्ठ, बालकृष्ण दाहाल, राजेन्द्र अमात्यले पनि उम्मेदवार दिने भएका छन् । त्यस्तै, सुरेन्द्र पाण्डे, अर्जुनप्रसाद जोशी, शङ्कर भण्डारी, मोहम्मद आफ्ताव आलम, कृष्ण यादव, कुमार रेग्मी, केशवकुमार बुढाथोकी, कृष्ण लामा, दुर्योधन सिंह चौधरी, हरिबोल भट्टराई, जीवन डंगोल, रञ्जित कर्ण, चिन्तनराज पौडेल, टेकराज पौडेललगायतले पनि पनि उम्मेद्वारी दिने भएका छन् ।

महाधिवेशनपछि पदाधिकारीमा नियुक्त हुने प्रवल सम्भावना रहेका नेताहरू खुमबहादुर खड्का, डा. रामशरण महत, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, लक्ष्मणप्रसाद घिमिरे, डा. शेखर कोइराला, डा. नारायण खड्का, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल आदिले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुुहुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने