‘हाउ फन्नी ‘ र ‘मेरो कोखको बच्चा’ हो आउने बैशाखमा दुई सन्तानको आमा बन्दैछु: माल्भिका सुब्बा

१८ फाल्गुन २०७२, मंगलवार २३:४६ मा प्रकाशित

काठमाडौँ । पुर्व मिस नेपाल माल्भिका सुब्बा आमा बन्दै गरेको समाचार पुरानो हो। तर उनी दुई सन्तानकी आमा बन्दै भन्ने समाचार पढ्नु पर्दा  तपाईंलाई आश्चर्य लाग्नसक्छ ।

गत साता राजधानीमा आयोजित एक कार्यक्रममा माल्भिका आफैले भनिन, ‘हो आउने बैशाखमा म एकसाथ दुई सन्तानको आमा बन्दैछु ।’

माल्भिकाले यस्तो उद्घोष गर्दै गर्दा कार्यक्रममा सहभागीहरु आश्चर्य मान्दैथिए, तर माल्भिकाले कुरा पुरा गरिन्, बैशाख १० मा उनले निर्माण गरेको फिल्म ‘हाउ फन्नी’ एक सन्तान अनि चिकित्सकको परामर्शमा बैशाख १७ मा अर्को सन्तान जन्माउँदै गरको अर्को रहस्य । अर्थात् फिल्म हाउ फन्नी र आफ्नो कोखको एक बच्चा तर दुवैको जन्म बैशाखमा ।

फिल्ममा पहिलो पटक लगानी गर्दै कार्यकारी निर्मात्री रहेकी माल्भिका कार्यक्रममा बोल्दै रिलिजपश्चात दर्शकको राम्रो साथ पाउनेमा आशावादी देखिईन्। यो फिल्ममा निलुदोमा शेर्पाको ’एक्शन कट’ हुँदा प्रियंका कार्की, केकी अधिकारी, दयाहाङ राई, अनुपबिक्रम शाही लगायत लिड रोलमा छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित