ट्वन्टी ट्वन्टी क्रिकेट कप: एपिएफ सेमिफाइनलमा

१८ फाल्गुन २०७२, मंगलवार २३:२० मा प्रकाशित

काठमाडौँ, १८ फागुन । सशस्त्र प्रहरी बल (एपिएफ) क्यानोन क्रिकेट क्लबलाई पराजित गर्दै प्रथम रुस्लान ट्वन्टी ट्वन्टी क्रिकेट कप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको क्वार्टर फाइनल खेलमा एपिएफले क्यानोनलाई १० विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको क्यानोन १२.४ ओभरमा सबै विकेट गुमाउँदै ३७ रनमा समेटियो । जवाफी ब्याटिङमा उत्रेको एपिएफ खेलको ४.२ ओभरमा कुनै विकेट नगुमाउँदै क्यानोनले दिएको ३८ रनको झिनो लक्ष्यलाई पूरा ग¥यो ।

एपिएफका सुवास खकुरेलले २३ रन र परेश लोहनीले ३ रन जोडे । त्यस्तै क्यानोनलाई कमै रनमा समेट्ने क्रममा एपिएफका शक्ति गौचन र वसन्त रेग्मीले समान तीन, अरिफ शेखले दुई तथा यज्ञमान कुमालले एक विकेट लिए ।

त्यसैगरी क्यानोनका मनोज यादवले १२ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । प्रतियोगिताको उपाधि विजेता टोलीले रु दुई लाख तथा उपविजेताले रु एक लाख पाउनेछन् । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित

इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले पञ्जाब किङ्सलाई ६

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले