फागुन २० गतेदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला

१८ फाल्गुन २०७२, मंगलवार २३:१८ मा प्रकाशित

हेटौँडा, १८ फागुन । मकवानपुर उद्योग वाणिज्य सङ्घद्वारा यही फागुन २० गतेदेखि ३० गतेसम्म हेटौँडामा राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गर्ने भएको छ ।

उक्त मेलाका लागि उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार न्यौपानेको संयोजकत्वमा २१४ सदस्यीय आयोजक समिति गठन गरिएको छ । उक्त व्यापार मेलामा लोपोन्मुख पञ्चेबाजा प्रतियोगिता, मनोरञ्जनात्मक बाल मेला, हेटाँैडा आइडल गायन, प्रतियोगिता, मिनी चिडिया घर तथा डाइनोसरको प्रदर्शनी, हेलिकप्टरबाट हेटौँडा नगरको दृष्यावलोकन, कृषिबाट उत्पादित फलफूल र तरकारी हस्तकला प्रदर्शनीमा राखिएको सङ्घले जनाएको छ ।

सो प्रदर्शनीमा तयारी पोसाक, फलपूmल, तरकारी, हस्तकलाका सामान, अटोका सामग्री, खानाको विभिन्न प्रकार र अन्य गरी करिब ४०० कक्ष राखिने छन् । सो प्रदर्शनीको अवधिभित्र करिब पाँच लाख दर्शकले अवलोकन गर्ने तथा करिब रु ५० करोड बराबरको आर्थिक कारोबारको लक्ष्य राखेको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ