पूर्वराजाको भव्य स्वागत

१७ असार २०६९, आईतवार १७:२९ मा प्रकाशित


काठमाडौं, १७ असार । धार्मिक भ्रमणको उद्देश्य दर्शाउंदै पूर्वराजा ज्ञानेन्द्र शाह भैरहवा प्रस्थान गर्नुभएको छ । आज करिब अढाइ बजे कपिलवस्तुको गौतम बुद्ध विमानस्थलमा पूर्वराजाको भव्य स्वागत भएको थियो । पांच दिवसीय भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्रले नवलपरासी, कपिलवस्तु र रुपन्देहीका विभिन्न धार्मिक स्थलहरुको भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ । संविधानसभाको विघटनपछि राजसंस्थाको पुनस्र्थापनबारे आवाज चर्किंदै गएको परिवेशबीच यसरी पूर्वराजाले राजधानीबाहिर भ्रमण गर्नुभएको यो पहिलो अवसर हो । धार्मिक यात्रालाई राजसंस्थाबारे आमजनताको मानसिकता बुझ्ने कामका लागिसमेत उपयोग गरिने सम्भावना रहेको टिप्पणी एकथरीले गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न