आइसफल डाक्टरलाई आधार शिविरमै प्रशिक्षण

१८ फाल्गुन २०७२, मंगलवार ११:५० मा प्रकाशित

सोलुखुम्बु, १८ फागुन । यस वर्ष सगरमाथा आरोहणका लागि बाटो बनाउने आइसफल डाक्टरहरूलाई सगरमाथा आधार शिविरमै तालिम दिइने भएको छ । अघिल्ला वर्षहरूमा खुम्जुङको फोर्चेस्थित खुम्बु क्लाइम्बिङ सेन्टरमा आइसफल डक्टरलाई तालिम दिइँदै आएको थियो । तालिम सेन्टरमा भन्दा स्थलगत रुपमै बाटो निर्माण तथा अन्य प्राविधिक तालिम दिन लागिएको सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपिसिसीका कार्यक्रम अधिकृत कपिन्द्र राईले जानकारी दिनुभयो । एसपिसिसीका आठसहित १० जना आइसफल डाक्टर तालिमसँगै बाटो निर्माणका लागि गत शनिबार नै नाम्चेबाट आधार शिविरतर्फ हिँडिसकेका छन् ।

स्थलगतरुपमै तालिम दिइँदा त्यसको अनुभव र प्रभावकारिता उत्कृष्ट हुने भएकाले आधार शिविरमै तालिम दिइन लागेको एसपिसिसीले जनाएको छ ।

तालिमसँगसँगै ती आइसफल डाक्टरले सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो निर्माण गर्नेछन् । हरेक वर्ष आरोहणको समयमा हिउँ परेर बिग्रिएको पुरानो बाटो पहिल्याउँदै नयाँ बाटो निर्माण गर्ने गरिन्छ । यसरी हिउँमा बाटो बनाउने अनुभवी र दक्ष व्यक्तिलाई आइसफल डाक्टर भन्ने गरिन्छ ।

गत वैशाखमा भूकम्पका कारण सगरमाथा आरोहणका लागि राखिएको भ¥याङ, डोरीसहित अन्य प्राविधिक सामग्री पहिरोमा परी हराउनुका साथै बिग्रिएपछि यस वर्ष नयाँ सामग्री लगिँदै छ । ती सामग्री सगरमाथाको विभिन्न शिविर हुदै चुचुरोसम्म पु¥याइने अधिकृत राईले जानकारी दिनुभयो ।

हरेक वर्ष वैशाख जेठमा सगरमाथा आरोहण गर्ने गरिन्छ । आरोहणका लागि आरोही जानुभन्दा अगाडि आइसफल डाक्टरले सगरमाथाको चुचुरोसम्म नै आवश्यक ठाउँमा भ¥याङ तथा डोरी टाँग्नुका साथै बाटो बनाउने गर्छन् ।

विसं २०७१ वैशाख ५ गते बिहान आरोहणको समय चलिरहँदा हिमपहिरो खसेर १६ जनाको ज्यान जाने गरी ठूलो दुर्घटना भएपछि आरोहण कार्य स्थगित भएको थियो भने गत वैशाख १२ गते पनि आरोहणकै तयारी भइरहेका बेला भूकम्पसँगै हिमपहिरो आउँदा २२ जनाभन्दा बढीको ज्यान जानुका साथै ठूलो मात्रामा बन्दोबस्तीका सामग्रीमा क्षति पुग्दा सगरमाथा आरोहणका सबै काम स्थगित गरिएको थियो ।

लगातार दुई वर्ष सगरमाथा आरोहण रद्ध हुँदा खुम्बुको पर्यटन व्यवसाय नै धरासायी बन्न लागेको बताउने चौरीखर्क, नाम्चे तथा खुम्जुङका पर्यटन व्यवसायीले यस वर्षको सगरमाथा आरोहणलाई महत्वका साथ हेरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ । जिल्ला