पहिचानको सङ्घर्ष सकिएको छैन : अध्यक्ष यादव

१८ फाल्गुन २०७२, मंगलवार ११:४१ मा प्रकाशित

पोखरा, १८ फागुन । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा पहिचानको सङ्घर्ष जारी रहेको बताउनुभएको छ । पूर्व सैनिक तथा प्रहरी महासङ्घको सोमबार पोखरामा आयोजित प्रथम राष्ट्रिय भेलामा उहाँले लामो समयदेखि पिछडिएको वर्ग र समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउनका लागि आफूहरूले सङ्घर्ष गर्नुपरेको बताउनुभयो ।

पहिचानको सङ्घर्षका क्रममा विभिन्न ३५-३६ चरणमा वार्ता भए पनि मधेसी, आदिवासी, जनजातिलगायतका पिछडिएका वर्ग र समुदायका मागलाई सम्बोधन गर्ने पक्षमा सरकार नरहेको उहाँले बताउनुभयो । भूतपूर्व सैनिक तथा प्रहरीले नेपाल एवम् विश्वको स्वतन्त्रताका खातिर महत्वपूर्ण योगदान गरेपनि उनीहरूको उचित कदर हुन नसकेको अध्यक्ष यादवले बताउनुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोककुमार राईले देश आफ्नो भएपनि राज्य आफ्नो हुन नसकेको नेपालका आदिवासी जनजाति तथा पिछडिएको वर्गको गुनासो रहेको उल्लेख गर्नुभयो ।

समानता र न्याय प्राप्तिको सङ्घर्षका लागि आफूहरू निरन्तर लाग्ने र प्रत्येक जातजाति भाषाभाषीको गौरवपूर्ण इतिहासलाई उचो बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पहिचानका लागि सङ्घर्षरत आदिवासी जनजातिहरू राजकीय सत्ता र शासनमा आफ्ना हक अधिकारलाई सुनिश्चित गर्न क्रियाशील बनेको धारणा राख्नुभयो ।

भूतपूर्व सैनिक तथा प्रहरी महासङ्घका इन्चार्ज लक्ष्मीनारायण खत्रीले भूतपूर्व सैनिक र प्रहरीका अधिकारलाई सुनिश्चित गर्न महासङ्घ क्रियाशील बन्ने बताउनुभयो ।

कार्यक्रममा गोर्खाली वीरहरूको इतिहास झल्काउने विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार धेरै दिन नरहने बताएका छन् ।

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा कांग्रेस रहेको बताउनुभएको छ । गृहजिल्ला

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र सङ्घीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक सकिएको छ । बैठकमा नेकपा माओवादी केन्द्र र जनता