सहमतिमा सभापति चयन नभए म ब्याक हुन्नः काग्रेस नेता डा. रामशरण महत

१७ फाल्गुन २०७२, सोमबार २३:२३ मा प्रकाशित

काठमाडौ, १७ फागुन । नेपाली काग्रेसका नेता डा. रामशरण महतले १३ औ महाधिवेशनमा सहमतिमा सर्वसम्मत रुपमा साझा नेतृत्व चयन नभए आफूले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ राष्ट्रिय चुनौति सामान गर्ने, पार्टीमा भाग बण्डा अन्त्य गरेर मुलुकको नेतृत्व दिन सक्ने नेतृत्व चाहिएको छ । त्यसैले सहमतिमा नेतृत्व चयन हुनुपर्छ भन्ने पक्षमा म छु । सहमति हुन नसके मैले पहिला नै घोषणा गरेको छु, म सभापतिमा उठ्छु । कार्यबाहक सभापति रामचन्द्र पौडेल र बरिष्ठ नेता शेरबहादुर देउवाले नछाड्ने हो भने म पनि उम्मेदवारी दिन्छु । उहाँहरु भन्दा म के मा कम छु र ? मभन्दा सिनियर मात्रै हो ।’

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा डा. महतले राष्ट्रले आफ्नो नेतृत्व महसुस गरेको भन्दै अहिले बाहिर आए जस्तो सभापति पदको उम्मेदवारीको घोषणाबाट ब्याक नभएको स्पष्ट पारे ।
उनले राजनीतिक आन्दोलन समाप्त भएर मुलुक आर्थिक विकासको बाटोमा अघि बढाउनु पर्ने आवश्यकता औल्याउँदै भने,‘ मैले मुलुकको आर्थिक विकास र सुधारको काम गरेको छु । मुलुकको विकासबादको नेतृत्व लिन सक्ने मै हुँ । अन्तर्राष्ट्रिय क्षेत्रले मानेको र पुरस्कृत गरेको ब्यक्ति हुँ म । त्यसैले सभापति बन्न म जति योग्य कोही पनि छैन । म सभापतिको डमि उम्मेदवार होईन ।’

डा. महत पार्टीभित्र सहमति भएर एउटा मात्रै उम्मेदवार हुने भए भने आफू जुनसुकै पदमा बसेर काम गर्न समेत तयार रहेको स्पष्ट पार्दै भने,‘ सहमति भए मलाई पद चाहिदैन । त्याग गर्न तयार छु । म पहिला पनि पद छाडेको मान्छे हु पदको लालच छैन । मलाई गिरिजाबाबुले राष्ट्रपतिको उम्मेदवार बनाउँदा पनि नबनेको हु । दुईपटक अर्थमन्त्रीबाट राजिनामा दिएको मान्छे हुँ ।’
केपी शर्मा ओली नेतृत्वको सरकार हसिमजाको पात्र बनेको, जिम्मेवारी पुरा गर्न नसकेको भनि आलोचना गरेका उनले अहिले नै सरकार परिवर्तन गर्ने अभियान वा एजेण्डा पार्टीको नरहेको स्पष्ट पारे । यद्यपि उनले पार्टीको महाधिवेशन पछि बस्ने कार्य समितिको बैठकले भने यो विषयमा निर्णय लिन सक्ने सम्भावना ब्यक्त गरे । उनले भने,‘ सरकार बदल्ने विषयमा महाधिवेशन पछि बस्ने पार्टीको बैठकमा निर्णय होला ।’
मधेसको अधिकांश मुद्दा संबोधन भईसकेको र बाँकी रहेको सीमांकन पनि नेताको नभई सम्बन्धीत क्षेत्रका जनताको मतको अधारमा हुनु पर्ने धारणा राख्दै आवश्यक परे जनमतसंग्रहमा पनि जानु पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने