अविरल जनसाहित्य यात्राको २३औँ शृङ्खला

१७ फाल्गुन २०७२, सोमबार २३:१२ मा प्रकाशित

काठमाडौँ । जनसाहित्यिक मञ्च नेपालको अविरल जनसाहित्य यात्राको २३औँ शृङ्खलामा शुक्रबार प्रगतिवादी प्रा डा भीम खतिवडाबाट एकल कविता प्रस्तुत भयो । खतिवडाका ‘देशको माया’ ‘बाल गजल’, ‘झुम्राको पुतली’, ‘विषतन्त्र’, ‘गजल’, ‘सर्पगीत’ र ‘आस्थाको गीत’लगायत कविता वाचन भएका थिए । उहाँलाई कवि डा सुधन पौडेल, सुदेश सत्यालले, रत्नावली शर्माले, प्राज्ञ खेम नेपाली, यशोदा अधिकारी र ज्ञानु विद्रोहीले वाचनमा सघाउनुभयो ।

वाचित कविताबारे टिप्पणी गर्दै साहित्यकार तथा राजनीतिज्ञ प्रदीप नेपालले सर्जकले सिर्जना गर्दा भने प्रयुक्त विम्बलाई स्थापित गर्न सक्नुपर्छ भन्दै वैचारिक सङ्गठन, साहित्यिक अभियान र प्राध्यापन एवम् प्रशासकीय भूमिका जस्ता विविध क्षेत्रमा सक्रियरूपमा समर्पित सशक्त स्रष्टाका रुपमा खतिवडाको स्मरण गर्नुभयो ।

मञ्चका अध्यक्ष राम विनयले आगामी चैत महिनाको कार्यक्रममा मोरङकी स्रष्टा मिश्र वैजयन्तीलाई प्रस्तुत गरिने जानकारी दिनुभयो ।

समालोचक डा रामप्रसाद ज्ञवालीले राष्ट्रियताका पक्षमा वकालत गर्दै समकालीन राजनीतिक विकृति र विसङ्गतिमाथि प्रहार गरिएका र जातीय तथा लैङ्गिक विभेदमाथि प्रहार गर्दै रूपान्तरणको आग्रह गरिएका कविताहरु वाचन भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो