प्रधानमन्त्रीद्धारा राजनीतिक परामर्श तिब्र, प्रचण्ड, थापा र राणासँग भेटवार्ता

१७ असार २०६९, आईतवार १७:२१ मा प्रकाशित

काठमाडौ, १७ असार । प्रधानमन्त्री डा बाबुराम भट्टराईले बजेट र सहमतिको सरकार गठन गरेर राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा राजनीतिक भेटवार्तालाई तिब्रता दिनु भएको छ ।
यसक्रममा आज प्रधानमन्त्रीले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर राणा र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीले प्रचण्ड निवास लाजिम्पाटमा र थापा, राणालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका हुन ।
भेटमा उनले अध्यादेशबाट पूर्ण बजेट ल्याउने र राजनीतिक गतिरोध अन्त्य गर्न सहमतिको सरकार गठन गरेर निर्वाचन गर्ने विषयमा कुराकानी भएको थियो । प्रधानमन्त्रीले बजेट ल्याउन सहयोग गर्न आग्रह गर्दै आफू सहमतिकोलागी तयार भएको बताएका थिए ।
प्रत्यूत्तरमा थापा र राणाले सहमतिको सरकार विना बजेट आउन नसक्ने भन्दै निर्वाचन सम्पन्न गराउन र निर्वाचनकोलागी आवश्यक ऐन संसोधन गर्न पनि दलहरुवीच सहमति  हुनै पर्ने भन्दै सहमतिकोलागी पदत्याग गरेर बातावरण निर्माण गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

बुटवल । स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका ७१ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । लुम्बिनीका १०९ पालिका मध्ये ७१

काठमाडौँ । बाराको जितपुर-सिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । सार्वजनिक अन्तिम मतपरिणामअनुसार गठबन्धनको तर्फबाट माओवादी केन्द्रका

आजको प्रमुख समाचार