नेपाली मूलका अष्ट्रेलियनहरु बहुसांस्कृतिक महोत्सव मार्फत सामाजिकिरण प्रक्रियामा सहभागी हुँदै

१७ फाल्गुन २०७२, सोमबार ०९:५८ मा प्रकाशित

सानु घिमिरे, जिलोङ अस्ट्रेलिया, २८ फेब्रुअरी । बहुभाषिक र बहु-सांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको जिलोङमा आयोजित अस्ट्रेलियाकै सबैभन्दा ठूलो बहुसांस्कृतिक महोत्सवमा नेपाली मूलका अष्ट्रेलियनहरुले बहुसांस्कृतिक महोत्सव मार्फत सामाजिकिरणका लागि जातिय पहिचान खोज्दै आफ्नो सांस्कृतिक पहिचान प्रस्तुत गरेका छन् ।

2अष्ट्रेलियामा बसोबास गर्ने आप्रवाशी समुदायका डाभर्सिटाटसंग आबद्ध करीब १०० जातीय संस्था र अन्य संगठनहरुको सहभागितामा लाखौ सहभागीहरुले आ-आफ्नो सांस्कृतिक चाल-चलन, रिति-रिवाज, खान-पान आदिको निरन्तरतालाई प्रोत्साहन गर्दै नाच-गान, कार्यशाला गोस्ठी, प्रदर्शन जस्ता बिबिध कार्यक्रम सहित आफ्नो ४० औं बार्षिकी भब्यताका साथ मनाउँदा नेपाली मूलका अष्ट्रेलियनहरुले समेत सहभागिता जनाइ नेपाल प्रबर्धन गर्ने काम गरे ।

8परेडमा सहभागीहरुले नेपाली झल्काउने किसिमका पहिरन, नेपाली झन्डा, ब्यानर र स्टलमा पोस्टर र नेपाली सामग्रीहरु मार्फत नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउने काम गरिएको थियो । परेडमा सहभागीहरुले आ-आफ्नो जातीय पहिचान झल्काउने पहिरन मार्फत अनेकतामा एकता दर्शाउने काम समेत भएको थियो ।नेपाली मूलका अष्ट्रेलियनहरुको समूहमा स्थानियहरुको समेत उल्लेख्य उपस्थिति थियो । कार्यक्रमको उदघाटनको लगत्तै अस्ट्रेलियाको भिक्टोरिया राज्यका बहुसांस्कृतिक एबं नागरिक मन्त्री रविन स्कट र पर्यटन मन्त्री जोन एरेन र सांसद क्रिस्चिन कोजिन नेपाली समुदायका बीच आएर नेपाली समुदायको गतिबिधीको प्रसंशा गर्दै आफूहरु नेपाली समुदायसंग नजिक रहेर काम गर्न रुचाएको बताउनु भएको थियो ।

9कुमारीको भेषमा रहनु भएकी मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाह र बुद्धको भेषमा रहनु भएका मिस्टर नेपाल अस्ट्रेलिया २०१४ अनुपम ध्वज किरणको प्रस्तुति सहभागीहरुको आकर्षण बनेका थिए । कार्यक्रमको अर्को चरणमा रेखा श्रेष्ठ, ग्रेस शेर्पा माप्लेसन र स्कारलेट शेर्पा माप्लेसनले नृत्य प्रदर्शन गरेका थिए ।

स्मरण रहोस जिलोङमा नेपालीहरुको बसोबास नगण्य रुपमा रहेको र महोत्सबमा नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा प्रबर्द्धन गर्ने प्रयोजनको लागि अबसरको रुपमा लिइनु पर्छ भन्दै आस-पासका शहरबाट नेपालीहरु ठुलो संख्यामा सहभागी हुनुलाई नेपाली मूलका अष्ट्रेलियनहरु बहुसांस्कृतिक महोत्सब मार्फत सामाजिकिरणका लागि पहिचान खोज्न इच्छुक रहेको सुखद संकेत भन्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौं । ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई