नुवाकोटेहरुको भेटघाट तथा रमाइलो बनभोज कार्यक्रम सम्पन्न

१६ फाल्गुन २०७२, आईतवार २२:५५ मा प्रकाशित

दोहा । कतारवासी नुवाकोटेहरुको साझा सस्था नुवाकोट सेवा समाज, दोहा कतारले विभिन्न ठाउमा छरियर रहेका कतारवासी नुवाकोटेहरुलाई एकीकृत गर्ने र एक आपसमा आत्मियता बढाउने उदेश्यका साथ हिजो मिति २६ फेब्रुअरी २०१६ का दिन समाल पार्कमा आयोजना गरेको भेटघाट तथा रमाइलो बनभोज कार्यक्रम २०७२ भव्यरुपमा सम्पन्न भयको छ।

Nuwakote 2सस्थाका अध्यक्ष हरि कृष्ण रिमाल को सभापतित्वोमा सम्पन्न उक्त कार्यक्रममा सस्थाका प्रमुख सल्लाकार हरि कुमार प्याकुरेल प्रमुख अतिथि हुनुहुन्थियो भने सस्थाका पुर्व अध्यक्ष प्रकाश बोहरा र पुर्व प्रमुख सल्लाकार सन्तोष प्रसाद नेपाल बिसेस अथिति तथा सस्थाका सल्लाकारहरु राम हरि अधिकारी, दिपेन्द्र घले, दिलिप बोगटी, सस्थाका सुभचिन्तक तारा अधिकारी र कान्तिपुर अन्तरास्ट्रिय साप्ताहिक कतारका सम्पादक होम कार्की अतिथिहरु हुनुहुन्थियो।

 Nuwakote 1२ चरणमा भयको उक्त कार्यक्रमको ब्यानर अनावरण संगै उद्घाटन भयको थियो र छोटो समय मात्र चलेको औपचारिक कार्यक्रममा सस्थाका महासचिब बिष्णू भण्डारी ले उपस्थित सबैलाई स्वागत गर्दै स्वागत मन्तब्य साथै सस्थाको बारेमा प्रस्ट्याउनु भयको थियो भने कार्यक्रमको अन्त्य गर्दै सस्थाका अध्यक्ष रिमालले कार्यक्रम सफल पार्नको लागि विभिन्न ठाउवाट सहयोग गर्नु हुने सम्पूर्ण लाइ हार्दिक धन्यवाद दिदै उपस्थित सम्पूर्ण नुवाकोटेहरुलाई सस्थामा आबध भै सस्थाले गर्ने सामाजिक कार्यहरुमा हातेमालो गर्दै जनाको लागि हार्दिक अनुरोध गरेका थिय, नुवाकोटेहरुको बाक्लो उपस्थित रहेको उक्त औपचारिक कार्यक्रमको संचालन सस्थाकी सदस्य नानु घलेले गरेकी थिईन ।

औपचारिक कार्यक्रम सकिय संगै सुरु भयको सास्कृतिक कार्यक्रम सस्थाका सदस्य सुदिप पाठकले संचालन गरेका थिय भने रास्ट्रिया गाइका रमा अर्याल, रबिना पोख्रेल, गाइका नानु घले, माया तामांग, गायक महेन्द्र तामांग, मेंदोमय परिवारका नुवाकोटे साथीहरु , बद्रि देवकोटा लगायतले आफ्नो सांगीतिक प्रस्थुती राखेर कार्यक्रमलाई धेरै रमाइलो बनायका थिय, कार्यक्रममा विभिन्न किसिमका खेलहरु पनि खेलाइयको थियो ।

Nuwakoteसस्थाका उपाध्यक्ष हरि राम खड्काको संयोजकत्वोमा ब्यबस्थित गरियको उक्त कार्यक्रमले मनोरन्जन मात्र नभएर प्रवासमा छरिएर रहेका नुवाकोट बासीहरुलाई भेटघाट तथा पहिचानका लागि निकै ठुलो भूमिका खेलेको कार्यक्रममा उपस्थित नुवाकोट वासीहरुको भनाई रहेको थियो साथै उक्त कार्यक्रमवाटै सस्थामा आबध नभयका धेरै नुवाकोटेहरुले सस्थाको सदस्यता लिई सस्थामा आबध भयका थिय ।

सेवा नै धर्म हो भन्ने मूल नाराका साथ २००६ मा स्थापित यस सस्थाले गृह जिल्लामा तथा कतारमा विभिन्न किसिमका सामाजिक कार्यहरुमा सक्रिय सहभागी हुदै आयको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र