एक युवकद्वारा आफ्नै परिवारका १४ जनाको हत्या

१६ फाल्गुन २०७२, आईतवार २२:४१ मा प्रकाशित

नयाँ दिल्ली, १६ फागुन, (एएफपी)। भारतीय राज्य महाराष्ट्रमा आइतबार एक व्यक्तिले आफ्नै परिवारका १४ जना सदस्यको हत्या गरेको दुःखद खबर छ ।

सो हत्यापछि ती व्यक्तिले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ । सो हत्याकाण्ड आइतबारै बिहान भएको प्राप्त समाचारमा जनाइएको छ ।
हुसेन वरेकार नामका ३५ बर्षीय एकजना व्यक्तिले खसी काट्ने हतियारले परिवारका सात बालबालिकासहित १४ सदस्यको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएका छन् ।
उक्त व्यक्तिले आत्महत्या गरेको प्रहरीले आइतबार जानकारी दिएका छन् । भारतको मुम्बइबाट ३२ किलोमिटर टाढा ठाने भन्ने स्थानमा सो हत्या भएको छ ।
हत्या गरिएकामा उनको घरका सात बालबालिका, आफ्नी श्रीमती, तीन दिदीबहिनी र आमा बाबु रहेका छन् ।
विवाह भईसकेको सवै दिदीबहिनीलाई माइतीमा निम्तो गरिएको र ती दिदीबहिनीहरु आफ्ना बालबालिकासहित माइतीमा आएका बताइएको छ ।
हत्याको कारण पारवारिक विवाद रहेको अनुमान प्रहरीले गरेको छ । तर यसको पूर्णरुपमा अनुसन्धान हुन भने बाँकी रहेको बताइएको छ ।
यस आक्रमणमा परेर घाइते भएकी एक महिलालाई भने उपचारार्थ अस्पताल भर्ना गरिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार

प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोनाभाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उहाँको आफ्नै नगर काउन्सिलले निलम्बन गगरेको