युरोकपको उपाधिका लागि आज अन्तिम प्रतिस्पर्धा

१७ असार २०६९, आईतवार १५:०७ मा प्रकाशित

काठमाडौ, १७ असार । युरोकपको उपाधिका लागि आज अन्तिम प्रतिस्पर्धा हदैछ । उपाधिका लागि आज स्पेन र इटालीबीच भिडन्त हुने भएको छ । युक्रेनको किभमा आज राति साँढे १२ बजेपछि यी दुई देशबीचको भिडन्त सुरु हुनेछ । प्रतियोगिताको सेमिफाइनलमा पेनाल्टीमार्फत पोर्चुगललाई पराजित गर्दै स्पेन युरोकपको फाइनलमा प्रवेश गरेको हो । यस्तै जर्मनीलाई पराजित गर्दै इटालीले स्पेनसँग भिडन्त तय गरेको हो । स्पेनले अघिल्लो संकरणको युरोकपको उपाधि जितेको थियो । सन् २००८ मा भएको उक्त खेलमा स्पेनले जर्मनीलाई पराजित गरेको थियो । यस्तै स्पेन विश्वकप २०१० को विजेतासमेत हो । स्पेनले सन् १९६४ मा भएको युरोकपको दोस्रो संस्करणको उपाधिपनि जितेको थियो । समूह चरणको पहिलो खेलमा इटालीसँग बराबरीमा रोकिएको स्पेनले त्यसयताका सबै खेल जितेको छ । यस्तै इटाली समूह चरणको दुईवटा खेलमा बराबरीमा रोकिएको थियो । इटाली आजको खेलमा विश्वविजेता स्पेनलाई पराजित गर्दै दोस्रोपटक युरोकपको उपाधि जित्ने दाउमा रहेको छ । उसले यसअघि सन् १९६८ मा युरोकपको उपाधि जितेको थियो । स्पेन भने लगातार तीन ठूला प्रतियोगिताको उपाधि जित्नुका साथै लगातार दोस्रोपटक युरोकपको उपाधि जितेर रेकर्ड कायम गर्ने योजनामा रहेको छ । पछिल्ला खेलमा निकै चम्किएका इटालीका खेलाडी मारियो बालोटेलीले स्पेनका स्टार खेलाडीहरुलाई कडा टक्कर दिने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिबन्धमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबलसम्बन्धी कुनै

काठमाडौं । कोलकाता नाइट राइडर्सलाई २ रनले हराउँदै लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिताको प्लेअफमा

काठमाडौं । १-० ले पछि परेको स्थितिमा साउथह्याम्पटनविरुद्द २-१ को जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि होडमा पुनः फर्किएको छ

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सनराईजर्स हैदरावादले मुम्बई इण्डियन्समाथि ३ रनको जित निकालेको छ ।

आजको प्रमुख समाचार