नेपाली राजदुत अर्जुन कार्कीद्वारा अमेरिकी सरकार र सिनेटप्रति आभार प्रकट

१६ फाल्गुन २०७२, आईतवार ०१:०२ मा प्रकाशित

वाशिंगटन डिसी, १६ फागुन । नेपाल सरकारका तर्फबाट अमेरिकाको लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले अमेरिकामा नेपाली गार्मेन्ट उत्पादनलाई भन्सार छुट दिएकोमा अमेरिकी राष्ट्रपति बाराक ओबामा, अमेरिकी सरकार र सिनेटलाई आभार प्रकट गरेको छ । सरकारले नेेपाली गार्मेन्ट उत्पादनलाई भन्सार छुट दिलाउन लगातार लागिपरेका अमेरिकी सिनेटर तथा सुभेच्छुकहरुलाई समेत धन्यवाद दिएको छ ।

एक विज्ञप्ती जारी गरी लामो समयदेखि नेपालको पक्षमा लविङ गरिदिने कंग्रेस, सिनेटर, निजी क्षेत्र, तथा सिनेटका सदस्यहरु र भन्सार छुट दिने विधेयकमा स्वीकृतिमा दिएकोमा राष्ट्रपति ओवामालाई नेपाल सरकार का तर्फबाट अमेरिकाको लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले आभार प्रकट गरेका हुन् । सरकारका तर्फबाट दुतावासले ओवामाले ६६ नेपाली उत्पादनलाई भन्सार छुट दिने निर्णयको स्वागत गर्दै धन्यवाद दिएको हो ।

अमेरिकी राष्ट्रपति ओबामाले नेपाललाई विशेष सुविधा दिने गरी बनेको ट्रेड प्रेफरेन्सेस कानुनमा हस्ताक्षर गरेकै भोलीपल्ट स्वागत गर्दै धन्यवाद समेत दिइएको राजदूत कार्कीले कान्तिपुरलाई बताए । अमेरिकाले दिएको सुविधाले नेपालमा रोजगारीको अवसरमा समेत वृद्धि हुने बताउदै उनले भने, ‘लामो आन्तरिक राजनीतिक संक्रमण, भुकम्प, सीमा अवरोधले थिलो थिलो नेपाली आर्थिक क्षेत्रको उकास्न यसबाट सहजता मिलेको छ । काम गर्न उत्साह मिलेको छ ।’ अमेरिकी निर्णयले नेपालको आर्थिक विकासमा विशेष सहयोग पुग्ने विश्वास उनको छ ।

अमेरिकाले दिएकोे सुविधा अधिकतम उपयोग गर्नसके नेपालमा बैदेशिक लगानी पनि आकषिर्त हुने भन्दै यसलाई नेपालका निजी क्षेत्रले पनि ध्यान दिएर अघि बढ्न सक्नुपर्ने बताए । सरकारले त्यस्ता उत्पादन गर्ने क्षेत्रमा बढवा दिने र निजी क्षेत्रले पनि त्यही अनुरुप काम गर्ने हो भने सहजता झन बढ्ने उनले स्पष्ट पारे । नेपालबाट गलैंचा, ढाका, सल, स्विटर, टोपी, गलबन्दी, हस्तकला, यात्रामा उपयोग हुने सामग्री सहित ६६ प्रकारका सामानले अमेरिका प्रवेशमा छुट पाउने विल पारित भएको हो । निश्चित प्रक्रिया पूरा गरे लगत्तै १० वर्षसम्म नेपालले उक्त छुट पाउने दुतावासले जनाएको छ । विनाशकारी भूकम्पले गरेको क्षति पछि आर्थिक पुनरुत्थानमा सघाउन अमेरिकाले यो सुविधा दिएको उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

ताप्लेजुङको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ । प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका