भूकम्पका घाइतेलाई इलाम समाज हङकङको सहयोग

१५ फाल्गुन २०७२, शनिबार २३:४९ मा प्रकाशित

हङकङ । वैशाखको विनाशकारी भूकम्पमा सख्त घाइते भई अझै उपचारका क्रममा रहेका इलामको आमचोक–५ का रमेश प्रसाद खनाललाई इलाम समाज हङकङले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

इलाम समाजले उपलब्ध गराएको ७३ हजार रुपैयाँको चेक शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा गायक कुवेर राईले भूकम्पका घाइते खनाललाई हस्तान्तरण गरे । राजधानीको बालाजु–माछा पोखरीमा बस्दै आएका खनालका श्रीमती सिर्जना, छोरा २२ वर्षीय सुमन र छोरी १८ वर्षीया अस्मिता पनि घाइते भएका थिए । परिवारका सदस्यको स्वास्थ्य अवस्था सामान्य भइसके पनि खनाल भने अझै उपचारका क्रममा छन् । घर भत्किँदा पुरिएर मेरुदण्डमा गम्भीर असर परेका कारण हिँडडुल-उठबस गर्न अझै समस्या पर्ने गरेको उनले सुनाए ।

“भुइँचालो आएपछि मलाई बाँच्छु भन्ने लागेको थिएन । छोरो बाहिर गएकाले आफ्नो वंशसम्म रह्यो भन्ने सोच्न सकें, त्योभन्दा अरू केही सोच्नै सकिएन । छोरो पनि पो सीतापाइलामा घाइते भएछ,” उनले स्मरण गरे, “घरले किचेपछि वैशाख १२ गते मध्यरात हस्पिटलमा मेरो होस खुलेको थियो । अरूले त मलाई मरेकै भन्ठाने छन् ।”

उनले भूकम्पपछि पुनर्जीवनपाएको उल्लेख गर्दै आर्थिक सहयोगका लागि इलाम समाज प्रति आभारी रहेको बताए । गायक राईले समाजले जिल्लाको विकासका साथै अतिरिक्त गतिविधिमा सहकार्य गर्दै आएको उल्लेख गर्दै उक्त कार्यको प्रशंसा गरेका थिए । कार्यक्रममा खोज अन्वेषक डा. देवी क्षेत्री, महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका पूर्वस्ववियु सभापति मंगल मेन्याङ्बो, अध्यागमनका शाखा अधिकृत अशोक कुमार बान्तवा, गीतकार डीआर राई, पत्रकार सचित राई लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र