मौसम खराबीका कारण हेलीटप्टर आकस्मिक अवतरण

१७ असार २०६९, आईतवार १४:५९ मा प्रकाशित

काठमाडौ, १७ असार । रुकुमबाट बिरामी लिएर काठमाडौँका लागि उडेको हेलिकप्टर मौसम  प्रतिकूलताका कारण अवतरण गराइएको छ ।     डोल्पाका बिरामी लिएर आइतबार बिहान ८ः३० बजे काठमाडौँका लागि उडेको हेलिकप्टर प्युठानको बिजुवार–६ स्थित खेलकुद मैदानमा बिहान आकस्मिक अवतरण गराइएको हो । माउन्टेन एअरको ९ एन जेपी हेलिकप्टरमा डोल्पाका तीन घाइते बिरामी र चालक दलका दुईसहित पाँचजना रहेका छन् । फुसफुसे वर्षात् र डम्म लागेको कुहिरोका कारण उडानमा समस्या हुँदा सो हेलिकप्टर प्युठानमा आकस्मिक अवतरण गराइएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । डोल्पामा शुक्रबार स्थानीयवासीबीच आपसी झगडा हुँदा घाइते भएका तीन बिरामी लिएर सो हेलिकप्टर उडेको प्रहरीले जनाएको छ । बिहान ९ बजे बिजुवारमा अवतरण गराइएको हेलिकप्टर मौसममा सुधार आएपछि बल्ल गन्तव्यतर्फ लाग्ने चालक दलले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ

जापानी अर्बपति युसाकु मेजावाले चन्द्रमा भ्रमण गर्नका लागि आठ जना सर्वसाधारणको खोजी गरिरहेका छन् । मेजावाले आफ्नो ट्वीटर अकाउन्ट मार्फत

सिड्नी । अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नु पर्ने कानुन पारित गरेको