कोइराला परिवार भित्र अभूतपूर्व एकता, संस्थापनले सहमतिमा तय गर्यो उम्मेदवारी

रामचन्द्र पौडेलको नेतृत्वमा, बिपी पुत्र सशांक कोइराला महामन्त्री, प्रकाशमान सिंह उपसभापति
१४ फाल्गुन २०७२, शुक्रबार २२:५८ मा प्रकाशित

काठमाडौँ, १५ फागुन । संस्थापनको उमेदवारी तयसंगै मुलुकको सबै भन्दा पुरानो र एक मात्र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको १३ औं महाधिवेशनको रौनक सुरु भएको छ । अन्तत १३ औं महाधिवेशन सुरु हुनु एक साता अघि संस्थापनको तर्फबाट कार्यवाहक सभापति रामचन्द्र पौडेलको नेतृत्वमा, निवर्तमान महामन्त्री प्रकाशमान सिंह उपसभापति, बिपी पुत्र सशांक कोइराला महामन्त्रीको उम्मेदबार तय भए लगतै महाधिवेशनको रौनक सुरु भएको हो । यद्यपि संस्थापन पक्ष अहिलेसम्म कोषाध्यक्ष र अन्य उम्मेदबारको हकमा कसलाई उम्मेदबार बनाउने भन्ने बिषयमा अझै छलफल जारी छ । सुशील कोइरालाको निधनपछि कार्यबाहक सभापति रामचन्द्र पौडेल स्वभाविक उम्मेदवार भए पनि महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले समेत सभापतिमा आ-आफ्नो उम्मेदवारी दावी गरे पछि केहि दिन अन्यौल देखिएको थियो । तर बिपी पुत्र सशांक कोइरालाको अनवरत प्रयास पछि संस्थापनले कार्यबाहक सभापति रामचन्द्र पौडेलको नेतृत्वमा उम्मेदवारी तय गरेको हो ।

उता देउवा पक्ष देशमा संबिधानत संघियता लागु भैसकेको अवस्थामा संघिय ढांचा अनुरुप विधानत पार्टीको संगठन रुपान्तर्ण गर्ने बिषयमा असहमत रहेका कारण पदाधिकारी बढाउने संभावना कम भएपछि संस्थापन पक्षमा नेता व्यवस्थापनकै मुख्य चूनौति देखिएको थियो । स्रोतका अनुसार सभापतिमा पौडेल र महामन्त्रीमा वीपी पुत्र सशांकको टिम सहित संस्थापन निर्वाचनमा जाने निश्चित प्राय: भएको छ । तर, झापाका कृष्ण सिटौलाको बखेडाको कारण उपसभापतिमा अन्यौल देखिए पनि अन्तत प्रकाशमान सिंहनै संस्थापनको उपसभापतिको उम्मेदवार हुने भएका हुन् ।

स्रोतले दिएको जानकारी अनुसार रामचन्द्र पौडेल बिपी पुत्र सशांक कोइरालाको सल्लाहमा सिंहलाई उपसभापति उम्मेदवार बनाउने अन्तिम निर्णयमा पुगेका हुन् । स्रोत दावी गर्छ सिटौलाको तुलनामा सिंह प्रभावशाली र बलियो रहेको अनुमान बिपी पुत्र सशांक कोइरालाको छ र भोलि आफ्नो नेतृत्वमा पार्टी संचालन गर्न उपत्यकाको प्रभाव उपयोग गर्न सजिलो हुने ठानेर कोइरालाले उपसभातिमा सिंहलाई ल्याउन जोड दिएका हुन् । यसै बीच भारतीय संस्थापनको प्रभावमा काँग्रेस भित्र तेस्रो शक्तिको उदय गराउन अमेरिश सिंहको योजनामा झापाका कृष्ण सिटौला सभापति र उनको समुह बाट नुवाकोट राउतबेशी सशुराली भएका गगन थापा महामन्त्रीमा उम्मेदवार बन्ने सुनिस्चित भएको छ । स्रोतले दावी गरे अनुसार उनको समूहको मुख्य उद्देश्य भनेको भारतीय सहयोगमा काँग्रेस भित्र तेस्रो शक्तिको उदय गराउने र नुवाकोट राउतबेशी सशुराली भएका गगन थापालाई महामन्त्रीमा उम्मेदवार बनाएर बिपी पुत्र सशांक कोइरालालाई महामन्त्रीमा पराजित गरी भारतीय दुत नुवाकोट राउतबेशीका पूर्व पंच अर्जुन नरसिंह केसीलाई देउवा समूहबाट महामन्त्रीमा विजयी गराउनु हो ।

यसै बीच संस्थापनले सर्वसम्मत उम्मेदवार बनाउन कांग्रेस केन्द्रीय सदस्य रामशरण महतको निवासमा बिहीबार बेलुका आयोजना  गरेको  बैठकमा झापाका कृष्ण सिटौलाले संस्थापनका सभापति उम्मेदवार रामचन्द्र पौडेललाई आफू बलियो उम्मेदवार हुने निष्कर्ष सुनाएका थिए । उनले अभिभावकको भूमिकामा बसिदिन पौडेललाई बारम्बार आग्रहसमेत गरेका थिए । बैठकमा आफ्नो पक्षमा संस्थापनका कोहि पनि नदेखे पछि झापाका कृष्ण सिटौला बैठक छोडेर भारतीय दुत अमरेश सींहलाई भेट्न भारतीय दुतवास लैनचौर तर्फ लागेका थिए । यद्यपि संस्थापन पक्षले पार्टी र सरकारमा पदका आकांक्षीहरुको व्यवस्थापन गर्ने तयारी गरेको छ । जस अनुरुप पौडेल सभापति निर्वाचित भएमा मनोनित महामन्त्रीमा रामशरण महतलाई ल्याइने भएको छ ।

कोइराला परिवार भित्र  अभूतपूर्व एकता
अर्को तर्फ अन्तिम अवस्थमा कोइराला परिवार भित्र अभूतपूर्व एकता देखिएको छ । सहमतिका लागि भईरहेका छलफलमा आफूलाई नबोलाईएको भन्दै सुजाता कोइरला रुष्ट देखिएकी भएपनि उनको चाहना महामन्त्री वा कोषाध्यक्ष मध्ये एकमा आफ्नो समायोजन हुनु पर्ने रहेको र उनलाई पौडेलले आस्वस्त पारे पछि उनि संस्थापनको विजय अभियानमा क्रियाशील भएकी छिन भने कोइराला परिवारका अर्का नेता शेखर कोइराला समेत यस पटक संस्थापनले जसरी पनि जित्नु पर्ने र यसका लागि आफुले जस्तो सुकै त्याग गर्नु परे पनि तयार रहेको संकेत गरेका छन् । काँग्रेस नेता दिलेन्द्र बडु दावी गर्छन जसलाई जहाँ व्यवस्थापन गरे पनि कोइराला परिवार एकै ठाउँमा रहन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको

काठमाडौँमा होटल व्यवसाय गरी बस्नुभएका म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर थापा सपरिवार गाउँमा फर्किएर केराखेती र कुखुरापालन गर्न लागेको

काठमाडौ । जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन भएका छन् । उनले महाधिवेशनबाट दुई हजार तीन सय दुई मत प्राप्त