चिनियाँ उपमन्त्री नेतृत्वको टोली स्वदेश फिर्ता

१७ असार २०६९, आईतवार १४:५१ मा प्रकाशित


काठमाडौ, १७ असार । चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका दक्षिण एसिया प्रमुख आई पिङ नेतृत्वको प्रतिनिधिमण्डल नेपालको तीनदिने भ्रमण पूरा गरी आज स्वदेशतर्फ प्रस्थान गरेको छ । चिनियाँ टोलीले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललगायतका नेतासँग भेटी नेपालमा उत्पन्न पछिल्लो राजनीतिक अवस्था, शान्ति प्रक्रिया, संविधान निर्माण र राष्ट्रिय सहमति निर्माणलगायतका विषयमा छलफल गरी धारणा बुझेको थियो । भेटका क्रममा चिनियाँ नेता आईले नेपाली नेतालाई सङ्क्रमणकालीन राजनीतिको निकासका लागि आग्रह गर्दै नेपालमा चाँडोभन्दा चाँडो राजनीतिक दलबीच सहमति भई शान्ति र संविधान निर्माणले पूर्णता पाओस् भन्ने चीनको चाहना रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका

म्याग्दी । पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका-१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा