सूर्य प्रसाईंको अध्यक्षतामा नेपाल अमेरिका एकता समाजको नयाँ नेतृत्व

१४ फाल्गुन २०७२, शुक्रबार २२:०३ मा प्रकाशित

लस-एन्जलस । नेपाल अमेरिका एकता समाजको लस एन्जलस् आर्टेसियामा सम्पन्न वार्षिक अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।

नेपाली समुदायको हित प्रबद्र्धनका लागि एक दशक अघि स्थापना भएको समाजको नवगठित कार्यसमितिमा सूर्य प्रसाईं अध्यक्ष, टेकबहादुर लामा प्रथम उपाध्यक्ष, डिल्ली सिलवाल द्वित्तीय उपाध्यक्ष, डोल्मा लामा महासचिव, अञ्जना बस्नेत कोषाध्यक्ष चुनिएका छन् ।

सदस्यहरुमा बद्री बराल, बीरवल बुढाथोकी, चक्रपाणी मिश्र, चन्द्रप्रसाद सिवाकोटी, देविचरण घिमिरे, ज्ञानेन्द्र गुरुङ, नवीन पोखरेल र तुलसा कार्की रहेको समाजले जनाएको छ । अधिवेशनमा वार्षिक प्रगति प्रतिवेदन निर्वतमान महासचिव इन्दिरा त्रिपाठीले प्रस्तुत गरेकी थिइन भने आर्थिक प्रतिवेदन निवर्तमान कोषाध्यक्ष झमक निरौलाले प्रस्तुत गरेका थिए । नेपाल सरकारका अवैतनिक बाणिज्यदुत ऋषि ढकालको प्रमुख अतिथि रहेको कार्यक्रममा विगतको कार्यकालमा उत्कृष्ट कार्य गरेबापत चक्रपाणि मिश्रलाई प्रेसिडेन्ट पदकद्वारा सम्मान गरिएको थियो ।

चार सय भन्दा बढी सदस्य भएको संस्था वितेका एकदशकदेखि नेपाली समुदायको सामिप्यतामा रहेर लस-एन्जलस सेरोफेरोमा कार्यरत रहेको महासचिव डोल्मा लामाले जनाइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

इन्डियानापोलिस । अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले आगामी सेप्टेम्बर महिनाको ११ तारिखसम्ममा अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सैनिक फिर्ता ल्याउने बताउनुभएको छ ।

न्यूयोर्क । अमेरिकाको साउथ क्यारोलाइनामा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एकै परिवारका पाँचजनाको मृत्यु भएको छ । दुई बालबालिकासहित पाँचजनाको

अमेरिकाको राजधानी वासिङटनस्थित अमेरिकी संसद भवनको कम्प्लेक्समा आक्रमण हुँदा एक प्रहरी अधिकारी मारिएका छन् । आक्रमणमा अन्य एक अधिकारी घाइते