बलिउड अभिनेता संजय दत्त बिहिबार जेलमुक्त

१४ फाल्गुन २०७२, शुक्रबार ०८:१६ मा प्रकाशित

मुम्बई । बलिउड अभिनेता संजय दत्त बिहिबार बिहान येरवडा जेलबाट मुक्त भएर चार्टर गरिएको विमानबाट मुम्बई पुगेका छन् । मुम्बई एयरपोर्टमा उनको स्वागतका लागि प्रशंसकहरुको ठूलो भीड लाग्नुका साथै संमाचार संकलनका लागि संचारकर्मीहरुको पनि ठूलो संख्यामा उपस्थिति थियो ।
समाचार अनुसार संजयलाई लिनका लागि बलिउडका अर्का कलाकार सलमान खानले चार अंगरक्षकहरु विमानस्थल पठाएका थिए । हिन्दु बाबु सुनिल दत्त तथा मुसलमान आमा नर्गिसका पुत्र संजय विमानस्थलमा उत्रेपछि सीधै मुम्बईको प्रसिद्ध सिद्धि विनायक मन्दिर गए जहाँँ उनका कारण सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो ।
घर फिर्तीसँगै उनको घरमा निकै खुशीको वातावरण छाएको र घरलाई फूलका मालाहरुले सजाईएको टाइम्स अफ इण्डियाले जनाएको छ । यसै खुशीयालीमा भव्य पार्टीको आयोजना गरिने र यो पार्टी सलमान खानको फार्म हाउस हुने पनि जनाईएको छ ।
५६ वर्षीय दत्तलाई सन् १९९४ मा मुम्बईमा भएको श्रृँखलाबद्ध बम विष्फोटका घटनामा घरमा अवैध हतियार राखेको अपराधमा पाँच वर्षको जेल सजाय सुनाईएको थियो जसमध्ये उनले येरवडा जेलमा लगातार ४२ महिना कैदी जीवन बिताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्