गणतान्त्रिक फोरमको कावा अध्यक्षबाट यादव निष्कासित

१७ असार २०६९, आईतवार १४:३८ मा प्रकाशित

काठमाडौ, १७ असार । सत्तारुढ मधेसी जनअधिकार फोरम गणतान्त्रिकभित्रको विवाद चर्किएको छ । आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै सो पार्टीका नेता नन्दनकुमार दत्तलगायतले सञ्चारमन्त्रीसमेत रहेका राजकिशोर यादवलाई पार्टीको कार्यवाहक सभापतिबाट हटाएको घोषणा गरेका छन् । उनीहरुले पार्टीको कार्यवाहक अध्यक्षमा दत्तलाई तोकेर आज निर्वाचन आयोगलाई जानकारी गराएका छन् । नवघोषिट अध्यक्ष दत्तले कार्यवाहक सभापतिबाहेक अन्य पदाधिकारी यथावत रहेको जनाए । उनले पार्टीको २२ सदस्यीय कार्यसमितिमा १२ सदस्य आफ्नो पक्षमा रहेको दाबी पनि गरे । सो पार्टीको अध्यक्ष जेपी गुप्ता भ्रष्टाचारी ठहर भएर जेल गएलगत्तै यादवलाई कार्यवाहक अध्यक्ष तोकिएको थियो । पछिल्लो विवादले मधेसी दलका नेताहरु पद र सत्ताको लोभमा नराम्रोसंग फस्ने गरेको थप प्रसिटएको अनुभूति गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल