काँग्रेस १३ औं महाधिवेशन: देउवा पक्षद्वारा संघिय ढांचा अनुसारको बहुपदीय संरचना अस्विकार

१३ फाल्गुन २०७२, बिहीबार २१:१७ मा प्रकाशित

काठमाडौँ, १३ फागुन । नेपाली काँग्रेसको १३ औं महाधिवेशनको तिथि एक साता मात्रै बाँकी रहेको बेला संस्थापनले अघि सारेको पार्टीको पदिय संरचना संघिय ढांचा अनुसार पदाधिकारीको सङ्ख्या बढाउने विषयमा देउवा पक्षले अस्विकार गरे पछि बहुपदीय संरचनामा विवाद बढ्दै गएको छ ।

काँग्रेसको संस्थापन पक्ष संघिय ढांचा अनुरुप पदाधिकारी सङ्ख्या बढाउनुपर्छ भन्ने पक्षमा दृढ रहँदै आएको छ भने देउवा पक्षले पदाधिकारीको सङ्ख्या बढाउन आवश्यक नभएको दाबी गर्दै आएको छ ।

देउवा पक्षीय नेता मानिने काँग्रेस विधान मस्यौदा समितिका सदस्य बालकृष्ण खाँड काँग्रेसको विधानमा उल्लेख भएअनुसारकै पदमा पनि अहिले पदपूर्ति हुन नसकिरहेका बेला अरु पदाधिकारी थप्नु आवश्यक नरहेको तर्क गर्छन ।

उनले पदाधिकारी थप्ने विषयमा मस्यौदा समितिमा कुरा उठेको भए पनि भएकै पदाधिकारीलाई कार्यविभाजन गरी पार्टी साङ्गठनिक ढाँचामा वृद्धि गर्नुपर्ने बताए ।

नेता खाँड भन्छन, ‘तत्कालका लागि काँग्रेसका पदाधिकारीले काम पाएनौँ भनिरहेका बेलामा गन्तीका लागि पद थप्नुभन्दा पनि मुलुकको आवश्यकताअनुुसार निर्णय गर्नुपर्छ ।’

काँग्रेसका अर्का केन्द्रीय सदस्य गगन थापा भने विधान परिवर्तन नै गर्न नहुने भन्ने कुरा राजनीतिक तर्क नहुने धारणा राख्छन ।

उनले भने, ‘सङ्घीय संरचनालाई अवलम्बन गर्न विधान संशोधन त आवश्यक छ, तर नेतालाई मिलाउनका लागि मात्रै पदाधिकारी बढाउनु भने उचित होइन ।’

उनले संविधान परिवर्तन आपत्ति नहुने तर नेपाली काँग्रेसको विधान संशोधन गर्दा चाहिँ पार्टी बर्बाद हुन्छ भन्ने सोच्चु उचित नभएको बताए ।

देउवा पक्षीय अधिकांसको भनाइ उस्तै छ । केन्द्रीय कार्यसमितिको पदाधिकारी बढाएर मात्रै पार्टी सुदृढ नहुने भएकाले पदाधिकारी होइन सङ्गठन बढाउनेतर्फ लाग्नुपर्ने उनीहरुको धारणा छ ।

उनीहरुको भनाइ अनुसार पदाधिकारी सङ्ख्या बढाउँदा गाउँ वडा तहदेखि नै सुरुवात गर्नुपर्ने हुन्छ । उनीहरुले केन्द्रमा पदाधिकारी बढाउनु केही हदसम्म आवश्यकता भए पनि पार्टीको साङ्गठनिक विस्तारभन्दा ठूलो नभएको उल्लेख गरे ।

नेपाल महिला सङ्घकी अध्यक्ष डिला सङ्ग्रौला भने पदाधिकारी सङ्ख्या बढाउनु पर्ने र महिलाको सङ्ख्या पनि बढाउनु पर्ने बताउछिन ।

स्थानीयस्तरका अधिवेशन सकिएपछि विधान संशोधनको कुरा आउनुलाई तरुण दलका अध्यक्ष उदयशमसेर राणाले खेलको नियम विपरीत भएको तर्क गर्छन ।

उनले भने, ‘अहिले जिल्ला, क्षेत्रको अधिवेशन सकिसकेको अवस्थामा अहिले आएर पदाधिकारी सङख्या बढाउनु उपयुक्त हुदैन तर १४औँ महाधिवेशनमा भने व्यापक छलफल गरी बढाउन सकिन्छ, अहिलेलाई पदाधिकारी सङ्ख्या बढाउन आवश्यक छैन ।’

काँग्रेसको संस्थापन पक्षका नेतालाई व्यवस्थापन गर्न भन्दै पदाधिकारीको सङ्ख्या बढाउने प्रस्तावलाई देउवा पक्षले पूरै अस्वीकार गरेको छ ।

पदाधिकारीको सङ्ख्या बढाउने वा नबढाउने भन्ने विषयमा केन्द्रीय समितिमा विवाद भएमा यसलाई स्थगित गर्नुपर्ने धेरै नेताको भनाइ रहेकाले अहिलेलाई पदाधिकारी बढाउने सम्भावना कम देखिन्छ ।

स्मरण रहोस नेपाल अधिराज्यको संबिधान २०७२ ले संघियतालाई आत्मसात गरिसकेको अवस्थामा सबै राजनीतिक दललले पार्टीको सांगठानिक संरचना संघिय ढांचा अनुरुप परिवर्तन गर्दै लगेको अवस्थामा मुलुककै सबै भन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांगेसको सांगठानिक संरचना समेत संघिय ढांचा अनुरुप परिवर्तन हुनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल