तारा एयरको जहाज सम्पर्कविहीन

१२ फाल्गुन २०७२, बुधबार १०:३६ मा प्रकाशित

पोखरा, १२ फागुन । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ ।

आज बिहान ७ः५० बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको सो जहाज केही समयपछि सम्पर्कविहीन भएको नागरिक उड्डयन कार्यालय, पोखराका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिनुभयो ।

९ एनएएचएच नंको सो जहाजमा दुई बालबालिकासहित २० जना यात्रु र चालकदलका तीन जना रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जहाजको खोजी भइरहेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार जहाज म्याग्दीको कुनै स्थानमा दुर्धटनामा परेको हुनसक्ने संभावनालाई दृष्टिगत गरी नेपाली सेनाको हेलिकप्टर र एयर डाइनेष्टीको हेलिकप्टरबाट खोजीकार्य भइरहेको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने