साउन ७ सम्म सहमतिको बाटो हेरिने

१७ असार २०६९, आईतवार १४:०९ मा प्रकाशित


काठमाडौं, असार १७ । एमाले अध्यक्ष झलनाथ खनालले साउनको पहिलो सातासम्ममा पनि नयां सरकारका विषयमा सहमति नभए राष्ट्रपतिले नयां सरकारका लागि आह्वान गर्न बाटो खुल्ने बताउनुभएको छ । सरकारले निर्वाचनका लागि साउन ७ भित्रै वैधानिक प्रक्रिया पूरा नगरे मंसिर ७ मा कुनै हालतमा चुनाव हुन सक्दैन भनी निर्वाचन आयोगले नै भनिसकेको अवस्थामा नयां विकल्पमा जानुपर्ने खनालको तर्क थियो ।
नेपाल उद्योग बाणिज्य महासंघका पदाधिकारीहरुसंग आज भएको भेटमा अध्यक्ष खनालले साउनको पहिलो सातासम्म आफूहरु राष्ट्रिय सहमतिका लागि पर्खिने जानकारी दिनुभयो । उहांले आफूहरु पूर्णबजेटको पक्षमा भएपनि सरकारले त्यसका लागि पहल नगरेकोले यथाअवस्थामा पूर्णबजेट आउन नसक्ने ठोकुवा गर्नुभयो । पूर्णबजेट आउनुपर्ने माग राख्दै शीर्ष नेताहरुसंग भेटघाट गरिरहेको उद्योगबाणिज्य महासंघका पदाधिकारीहरुले आजै एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो