कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, विधान संशोधन र महाधिवेशन तयारी बारे छलफल हुने

११ फाल्गुन २०७२, मंगलवार ०९:४४ मा प्रकाशित

काठमाडौं, ११ फागुन । महाधिवेशनको पूर्व सन्ध्यामा आज नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दैछ । कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पार्टी कार्यालय सानेपामा विहान ११ बजे सुरु हुने छ र बैठकमा विधान संशोधन, पार्टीका नीति तथा कार्यक्रम लगायतका महत्वपूर्ण विषयमा छलफल हुने छ ।

पार्टी सभापति सुशील कोइरालाको निधनपछि औपचारिकरुपमा पहिलो पटक बस्न लागेको केन्द्रीय समिति बैठकले पार्टीको नीति तथा कार्यक्रम समेत छलफल गर्ने छ । बैठकमा महाधिवेशनको तयारीका लागि गठन गरिएका समितिले आआफ्नो कार्यविवरण पेश गर्नेछन् ।

आजको बैठकमा आनन्द ढुंगाना नेतृत्वको विधान समितिले केन्द्रीय समितिको आकार बढाउने व्यवस्थासहितको विधान संशोधनको प्रस्ताव पेश गर्ने कार्यक्रम समेत रहेको छ ।

कांग्रेस संस्थापन पक्षले केन्द्रीय समितिको आकारका साथै पदाधिकारीको संख्या बढाउनु पर्ने वताउँदै आएको छ भने देउवा पक्षधरले भने पदाधिकारी संख्या बढाउन नहुनेमा दबाब दिँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

काठमाडौं । नेकपा एमालेले बल्खुमा पार्टी केन्द्रीय कार्यालयको नयाँ भवनको शिलान्यास गरेको छ । मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा