एमाले अखिलको अध्यक्षमा नवीना लामा निर्वाचित

९ फाल्गुन २०७२, आईतवार २२:२२ मा प्रकाशित

काठमाडौं, १० फागुन । एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुको २२ औं महाधिवेशनबाट नविना लामा अध्यक्षमा निर्वाचित भएकी छिन् । आइतबार राति प्राप्त मत परिणाम अनुसार प्रतिद्धन्द्धी दिपक गौतमलाई हराउदैं निर्वतमान महासचिव लामा अध्यक्षमा निर्वाचित भएकी हुन् । लामाले ८ सय ६५ मत ल्याएकी छिन् भने प्रतिद्वन्द्वी दीपक गौतमले मत ६ सय ४९ पाएका छन् । बामदेव गौतम निकट रहेर अखिलको राजनीतिमा क्रियाशिल नविना संस्थापन पक्षको समर्थनमा अखिलको दोस्रो महिला अध्यक्ष निर्वाचित हुन सफल भएकी हुन् । एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीपछि उनी अखिलको महिला अध्यक्ष बन्न सफल भएकी हुन् । यसैगरी उपाध्यक्षमा रश्मि आचार्य, महेश बर्तौला, सुनिता बराल, शैलेस लामा विजयी भएका छन् । महासचिवमा ऐनबहादुर महर विजयी भएका छन् । उनीहरु सबै संस्थापन पक्षको उम्मेदवार हुन् । अनेरास्ववियुको २२ औं महाधिवेशनमा १५ सय ९७ जना कुल मतदाता थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको