प्रधानमन्त्री ओली नयाँदिल्लीमा

७ फाल्गुन २०७२, शुक्रबार २१:४५ मा प्रकाशित

नयाँदिल्ली, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली भारतको छ दिने राजकीय भ्रमणका सिलसिलामा आज अपराह्न यहाँ आइपुग्नुभयो ।

उहाँलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गर्नुभयो । प्रधानमन्त्री ओलीको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, नेपालका लागि भारतका राजदूत रणजित राय, प्रवासी नेपाली सङ्घका अध्यक्ष लोकनाथ भण्डारी, यहाँस्थित नेपाली दूतावासका अधिकारी र भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभयो ।

प्रधानमन्त्री ओली विश्रामका निम्ति अहिले राष्ट्रपति भवनमा हुनुहुन्छ । यहाँ रहँदा उहाँ सोही भवनमा रहनुहुनेछ । छैसट्ठीऔँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राजदूत उपाध्यायले आजै साँझ बारखम्बा रोडस्थित नेपाली राजदूतावासमा आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

काठमाडौं । नेकपा एमालेले बल्खुमा पार्टी केन्द्रीय कार्यालयको नयाँ भवनको शिलान्यास गरेको छ । मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा