
काबुल, ६ फागुन, (एएफपी)। बुधबार बिहानदेखि बिहीबारसम्मको सुरक्षा कारबाहीमा अफगानिस्तानका विभिन्न भागमा कम्तीमा पनि ४५ जना संदिग्ध तालिवान लडाकूको मृत्यु भएको बिहीबार यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।
सो मन्त्रालयले दिएको जानकारीअनुसार अफगानिस्तानका उत्तरी प्रान्तहरु जुवाजिन र बादक्सानमा सो कारबाही गरिएको हो । प्राप्त जानकारीअनुसार ती स्थानमा अफगानिस्तानको संयुक्त सुरक्षा फौजले कारबाही जारी राखेको छ ।
गएको २४ घन्टाभित्र अफगान नेसनल सेक्युरिटी फोर्सेस ९एनएएएफ० ले सञ्चालन गरेको तालिवान विद्रोहीविरुद्धको सुरक्षा कारबाहीमा ती दुई प्रान्तका विभिन्न भागमा भएका कारबाहीमा परी ४५ जना तालिवान विद्रोहीको मृत्यु भएको हो ।
साथै मन्त्रालयले पाँचजना विद्रोही लडाकू घाइते भएको पनि बिहीबार जारी वक्तव्यमा जनाएको छ ।
संयुक्त सुरक्षा बल (एएनएसएफ) ले तालिवानविरुद्ध सञ्चालन गरेको सुरक्षा अभियानका क्रममा आधुनिक हतियारमा प्रयोग गरिने भारी मात्रामा गोली बरामद गरिएको रक्षामन्त्री मोहमद मासुमले बताउनुभयो ।
विज्ञप्तिमा सुरक्षा कारबाहीका क्रममा पाँच जना सैनिक पनि गम्भीर रुपमा घाइत भएको पनि मन्त्रालयले जनाएको छ । तर यसबारे तालिवान विद्रोहीबाट भने कुन भनाई आइसकेको छैन ।
उता अफगानिस्तानकै उत्तरी एक प्रान्तमा तालिवानका वर्तमान प्रमुख मुल्लाह र उनका विरोधी तालिवान लडाकूहरुका बीचको झडपमा परी कैयौंको ज्यान गएको बताइएको छ ।
तर यस विषयमा भने तालिवान वा सरकारी सुरक्षा फौजले कुनै समाचार दिएको छैन ।
प्रतिक्रिया
सम्बन्धित खवर
विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ
साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार
म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो