संयुक्त राष्ट्रसंघका पूर्व महासचिव घालीको निधन

५ फाल्गुन २०७२, बुधबार २३:३९ मा प्रकाशित

संयुक्त राष्ट्रसंघ, ५ फागुन, ( एएफपी) । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बु्त्रोस बुत्रोस घालीको ९३ वर्षको उमेरमा मङ्गलबार निधन भएको समाचार छ ।

इजिप्टका राजनीतिज्ञ एवम् कूटनीतिज्ञ घालीले संयुक्त राष्ट्रसंघको महासचिवका रुपमा सन् १९९२ देखि १९९६ सम्म काम गर्नुभएको थियो ।
उहाँको जन्म सन् १९२२ को नोभेम्बर १४ मा भएको थियो । उहाँ अरेबियाली राष्ट्रको तर्फबाट संयुक्त राष्ट्रसंघको महासचिव हुने पहिलो व्यक्तित्व हुनुहुन्थ्यो ।
उहाँको निधनप्रति राष्ट्रसंघीय महासचिव बान कि मुनले दुःख व्यक्त गर्नुभएको छ । उहाँले इजिप्टका एकजना वरिष्ठ राजनीतिज्ञ मात्र नभएर एक सम्मानित व्यक्तित्व भएको धारणा राख्नुभयो ।
उहाँको निधनको शोकस्वरुप राष्ट्रसंघीय सुरक्षा परिषदले मङ्गलबार बिहान एक मिनेट मौनधारण गरेको थियो ।
महासचिव घालीले संयुक्त राष्ट्रसंघलाई शीतयुद्धकालीन समयपछि गतिदिन र विशेष रुपमा राष्ट्रसंघलाई थप कार्यक्षमता प्रदान गर्न ठूलो सहयोग पु¥याउनुभएको थियो ।
उहाँ आफू प्रमुख हुदा संयुक्त राष्ट्रसंघको संरचनागत र व्यवस्थापकीय सुधारका लागि ठूलो काम गरेको जनाइएको छ ।
उहाँले इजिप्टको राष्ट्रिय मानवअधिकार परिषदको अध्यक्ष भएर काम गर्नुभएको थियो । तर सन् २०११ मा होसनी मुबारकको शासनको अन्त्यपछि उहाँले सो परिषदबाट राजिनामा दिनुभएको थियो ।
उहाँले सन् १९४९ मा पेरिस विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय कानुनमा विद्यावारिधी उपाधि हासिल गर्नुभएको थियो । उहाँ राष्ट्रसंघमा विकासका लागि एजेण्डा भन्ने विशेष कार्ययोजनाका कारण बढी चर्चामा आउनुभएको थियो ।
उहाँ सन् १९८७ मा इजिप्को सांसद बन्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो