सम्बन्ध प्रगाढ बनाउन भ्रमण केन्द्रित हुनुपर्ने

५ फाल्गुन २०७२, बुधबार २३:३५ मा प्रकाशित

काठमाडौँ, ५ फागुन । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन केन्द्रित हुनुपर्नेमा छलफल भएको छ ।

व्यवस्थापिका–संसद भवन नयाँ बानेश्वरमा आज भएको बैठकमा भ्रमण नेपाल र भारतबीचको सम्बन्धलाई प्रगाढ, मैत्रीपूर्ण र दीगो जगमा उभ्याउन केन्द्रित हुनुपर्ने बारेमा छलफल भएको बैठकमा सहभागी नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

सरकार सञ्चालनका लागि समन्वय गर्न गठित संयन्त्रको बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग बमोजिम सीमाङ्कन विवाद मिलाउन सुझाव सङ्कलनका लागि राजनीतिक समिति बनाउने बारेमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र मोर्चासँग छलफल गरी प्रधानमन्त्रीको भारत भ्रमण अगावै राजनीतिक समिति बनाउने बारेमा छलफल भएको थियो । बैठकमा संयन्त्रका संयोजक एवम् एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, उपप्रधानमन्त्री एवम् मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारलगायत सत्तारुढ दलका नेता सहभागी हुनुहुन्थ्यो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा खोप दिन सुरु गरेको छ । पहिलो चरणमा

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई