छोटो अवधिका लागि संविधानसभा ब्युंताउन सकिन्छ ः कोइराला

१७ असार २०६९, आईतवार १३:३४ मा प्रकाशित


काठमाडौं, असार १७ – छोटो अवधिका लागि संविधानसभा ब्युंताउन सकिने अभिव्यक्ति कांग्रेस सभापति सुशील कोइरालाले दिनुभएपछि नेपाली राजनीतिमा अर्को तरंग पैदा भएको छ । संविधानका विषयमा आवश्यक राजनीतिक सहमति गरेर केही समयका लागि संविधानसभा ब्युंताएर संविधान जारी गर्न सकिने अभिव्यक्ति हिजो सभापति कोइरालाले दिनुभएको थियो । कतिपय कुरा संविधान संसोधन नगरी सम्भव नभएकोले छोटो अवधिका लागि संविधानसभा ब्युंताउन सकिन्छ तर अरुले हल्ला गरेजस्तो लामो अवधिका लागि भने संविधानसभा पुनस्र्थापन गर्न सकिन्न÷मिल्दैन भन्ने कोइरालाको कथन छ ।
सभापति कोइरालाले प्रधानमन्त्री बाबुराम भट्टराईको उद्देश्य निर्वाचन गराउने नभएर सत्ता लम्ब्याउने प्रयास मात्रै भएको बताउनुभयो । ‘कानुनी र व्यावहारिक रुपमा असम्भव छ भन्ने थाहा हुँदाहुँदै पनि चाडबाडको बेला पारेर निर्वाचनको घोषणा गर्नु नै निर्वाचन नगराउने उद्देश्य हो’ भन्दै कोइरालाले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति सहमतिको वातावरण बनाउनेभन्दा कसरी सत्ता लम्ब्याउन सकिन्छ भन्ने दिशमा मात्रै केन्द्रित रहेको दाबी गर्नुभयो ।
अबको राष्ट्रिय सहमतिको सरकारको नेतृत्व कांग्रेसले गर्ने कोइरालाको भनाइ छ । तर राष्ट्रिय सहमतिको वातावरण निर्माण नहुंदासम्म कांग्रेसले प्रधानमन्त्रीको उम्मेद्वार तय नगर्ने उहांको स्पष्टोक्ति थियो । सहमतिको आधार निर्माण भएपछि केन्द्रीय समितिको बैठक बसेर कांग्रेसले प्रधानमन्त्रीको उम्मेद्वार तोक्ने कोइरालाको भनाइ छ । कतिपयले पछिल्ला दिनमा कोइराला स्वयम् प्रधानमन्त्री बन्न लालायित रहनुभएको अनुमान लगाउंदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

रोल्पा । रोल्पा जिल्लामा नेपाली कांग्रेसले १० वटा नगरपालिका र गाउँपालिकामा अधिवेशन सर्वसम्मत चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनमा

काठमाडौैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार उम्मेदवारी घोषणा गर्दै

काठमाडौं। हरेक वर्ष २६ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर २०१३ मा २६

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन