आगामी दक्षिण एसियाली खेलकुद (साग) नेपालले आयोजना गर्ने

४ फाल्गुन २०७२, मंगलवार २२:५१ मा प्रकाशित

गुवाहाटी, भारत, ४ फागुन । भारतको सिलोंङ र गुवाहटीमा गत माघ २२ गतेदेखि सुरु भएको बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग)को आज समापन गरिएको छ ।

सागको समापनमा नेपालको झण्डा भारतीय ओलम्पिक एसोसियसनका अध्यक्ष एन रामाचन्द्रननले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरेको र उहाँले खेलकुद मन्त्री सत्यनारायण मण्डललाई झण्डा हस्तान्तरण गरेसँगै दक्षिण एसियाली खेलकुद विविध कार्यक्रमसहित सकिएको हो ।

गुवाहाटीको इन्दिरा गान्धी एथेलेक्टिस स्टेडियममा भव्यरुपमा आयोजित कार्यक्रममा झिलिमिली पारिएको थियो ।

बाह्रौँ सागको समापनसँगै अब १३औँ दक्षिण एसियाली खेलकुद आयोजना गर्ने जिम्मा नेपालले लिएको छ । हरेक दुई÷दुई वर्षमा गरिने सागको आयोजना अब नेपालले आगामी सन् २०१८ मा गर्नुपर्नेछ ।

सो अवसरमा नेपालको राष्ट्रिय गान बजाइएको थियो भने नेपालसम्बन्धी एउटा वृत्तचित्र प्रस्तुत गर्नुका साथै नेपाली कलाकारले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

समापन समारोहलाई सम्बोधन गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले आगामी सागको आयोजना गर्ने जिम्मा दिएकामा दक्षिण एसियाली देशहरुलाई धन्यवाद दिनुभयो ।

दक्षिण एसियाली राष्ट्रका झण्डै दुई हजार ६०० खेलाडी रहेको सागमा २३ वटा खेल थिए । त्यसमा ब्याडमिन्टन खेल भएन । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-ट्‍वान्टी आइ सिरिजको तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यस सिरिजको फाइनलको यात्रा तय गरिसकेको नेपालले

काठमाडौं ।  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित

इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले पञ्जाब किङ्सलाई ६

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले