कट्रिना र आदित्यले दिएको चुम्बन दृश्यले बलिवुडमा हंगामा

४ फाल्गुन २०७२, मंगलवार ०५:०६ मा प्रकाशित

adit1 बलिउड अभिनेत्री कट्रिना कैफ पछिल्लो समय रणवीर कपुर र फिल्म ’फितुर’ का कारण चर्चामा छिन् । फिल्म फितुरमा कहिले आफ्नो कपाललाई लिएर त कहिले अभिनेता आदित्यसँगको केमेष्ट्रिलाई लिएर बलिउडमा कट्रिनाको चर्चा चुलिएको हो ।

यति खेर फिल्म फितुरमा कट्रिनाले आदित्य रोय कपुरसँग दिएको चुम्बनको दृष्यले बलिउडमा हलचल मच्चाएको छ।

उनीहरुबीचको चुम्बनको दृष्य बलिउडमा हालसम्मकै लामो भएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनीहरुले तीन मिनेट लामो चुम्बनको दृष्य दिएका छन्। कैटरिना कैफ र आदित्य राय कपुरको फिल्म फितूर १२ फरबरीमा रिलिज भएको हो।

फिल्ममा कैटरिना र आदित्यबीचको चुम्बनको दृष्य खिच्दा निकै कम मानिसलाई मात्र सेटमा जाने अनुमति दिईएको बलिउड मिडियाले जनाएका छन् । संचारमाध्यमका अनुसार कैटरिना र आदित्यबीच कम्फर्ट लेवल थियो, जसका कारण सो चुम्बनको दृष्य सजिलैसँग खिचिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित

काठमाडौँ । इजरायलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक राज लिम्बुले ‘जलेर खरानी’बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। मार्मिक

काठमाडौँ । पछिल्लो समय साङ्गीतिक बजारमा नेपाली लोक गीत सङ्गीतको चर्चा परिचर्चा ह्वात्तै बढेको छ । लोक तथा दोहोरी गीत