राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरण वार्ता सुरु

४ फाल्गुन २०७२, मंगलवार ०४:५४ मा प्रकाशित

काठमाडौँ, ४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकीकरणका लागि वार्ता प्रक्रियालाई अघि बढाउने सहमति भएको छ ।

राप्रपा नेपाल, संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको पहिलो वार्तामा दुवै पक्षबाट एकीकरणका लागि सहमतिका समान धारणा तथा असहमतिका दृष्टिकोण निर्माण गर्ने समझदारी भएको छ । राप्रपा नेपालका वार्ता टोलीका सदस्य सहप्रवक्ता मोहन श्रेष्ठले आजको वार्तामा दुवैतर्फका वार्ता टोलीका तर्फबाट आआफ्नो धारणा राख्ने काम भएको जानकारी दिनुभयो ।

वार्ता टोलीको नेतृत्व राप्रपा नेपालका तर्फबाट उपाध्यक्ष राजीव पराजुलीले तथा राप्रपातर्फबाट महामन्त्री बुद्धिमान तामाङले गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । आन्तरिक किचलोका कारण बिभाजनको अन्तिम बिन्दुमा पुगेको बेला सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको