काँग्रेस १३ औं महाधिबेशन: तराईका ८ सहित बाँकी जिल्लामा आज अधिवेशन हुँदै

३ फाल्गुन २०७२, सोमबार ११:२५ मा प्रकाशित

काठमाडौं, ३ फागुन । पार्टी सभापति सुशील कोइरालाको असामयिक निधनका कारण स्थगित भएका कांग्रेसको क्षेत्रीय र जिल्ला अधिवेशन सोमबार पनि हुँदैछन्।

विशेष गरी तराईका ८ जिल्लाका अधिकांश क्षेत्रमा अधिवेशन हुन बाँकी रहेकाले सोमबारदेखि धिवेशन सुरु हुन लागेको हो। सर्लाहीका क्षेत्रीय अधिवेशन हुन बाँकी क्षेत्रहरु २, ४ र ५ मा सोमबार हुँदैछ भने क्षेत्र नम्बर ३ नम्बर क्षेत्रको अधिवेशन हुन अझै केही दिन लाग्ने सांसद अमरेशकुमार सिंहले जानकारी दिए।

यस्तै क्षेत्रीय अधिवेशन गर्न बाँकी पर्सा जिल्लाका सबै क्षेत्रमा जिल्ला निर्वाचन अधिकृत फर्र्किएपछि मात्रै क्षेत्र र जिल्ला अधिवेशनको मिति तय हुने सांसद राजेन्द्रबहादुर अमात्यले बताए।

बारा जिल्ला पार्टी सभापति एव्ं सांसद राधेचन्द्र यादवका अनुसार वाराका सबै नगरपालिकामा फागुन ४ गते र क्षेत्रीय अधिवेशन ८ गते तयारी भइरहेको छ। तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाको पूर्वनिर्धारित आमसभा ७ गतेका लागि तय भएको कारण पनि उनीहरुसँग कार्यक्रम नजुधाउन कांग्रेसले ८ गतेमात्रै क्षेत्रीय अधिवेशन गर्ने निर्णय भएको हो भने जिल्ला अधिवेशन फागुन १० गतेसम्ममा हुने छ।

धनुषाको अधिवेशन भने कहिले हुने भन्नेबारे अझै टुंगो लाग्न सकेको छैन। जिल्लामा सांसद चन्द्रमोहन यादव पक्षले जिल्ला निर्वाचन अधिकृत नै बदल्नु पर्ने माग गरेपछि धनुषाको क्षेत्र र जिल्लाको अधिवेशन प्रभावित बन्दै आएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत