अन्टाक्र्टिकामा हिम पहिरोका कारण एक लाख पचास हजार पेनगुइनको मृत्यु

३ फाल्गुन २०७२, सोमबार ११:१८ मा प्रकाशित

सिड्नी, ३ फागुन, (एएफपी) । अन्टाक्र्टिकामा पेनगुइनको वस्तीमा ठूलो हिमपहिरोका कारण एक लाख ५० हजार पेनगुइनको मृत्यु भएको वैज्ञानिकहरूले हालै प्रकाशन गरेको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरेका छन् । यस्तो हिमपहिरोका कारण पेनगुइनलाई खाना खोज्न निकै परसम्म जानुपरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सन् २०१० को डिसेम्बरमा अन्टाक्र्टिकाको पूर्वी भागको ‘कमनवेल्थ बे’मा करिब १०० बर्ग किलोमिटरको बी०९बी नामक हिमपहाड ढलेको अस्ट्रेलिया तथा न्यु जिल्यान्डका बैज्ञानिकहरूले अन्टाक्र्टिक साइन्स नामक पत्रिकामा उल्लेख गरेका छन् ।

हिमपहाड ढल्दा पेनगुइनले खाना खोज्न ६० किलोमिटर सम्म हिड्नुपरेको र त्यसले उनीहरूको प्रजननको प्रयासमा बाधा उत्पन्न भएको न्यु साउथवेल्स विश्वविद्यालयको मौसम परिवर्तन अनुसन्धान केन्द्र तथा न्युजिल्यान्डको वेस्ट कोस्ट पेनगुइन ट्रस्टका अनुसन्धानकर्ताहरूले जानकारी दिएका छन् ।

बी०९बी नामक उक्त हिमपहाड अन्यत्र नगएसम्म वा उक्त क्षेत्रमा तत्कालै बनिरहेका हिउँ नफुटेसम्म त्यहाँको पेनगुइन सङ्ख्या २० वर्षमा पूर्णतया नष्ट हुनसक्ने अनुसन्धानको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो