काँग्रेस १३औँ महाधिवेशन: संस्थापनले कुलबहादुर गुरुङ अगाडी सार्ने आशंकाले देउवा पुगे सशांकको शरणमा

३ फाल्गुन २०७२, सोमबार ११:१४ मा प्रकाशित

काठमाडौँ, ३ फागुन । पार्टी सभापति सुशील कोइरालाको देहावसानसंगै उत्साहित बनेका सभापति प्रत्याशी शेरबहादुर देउवा र रामचन्द्र पौडेलका हकमा संस्थापनबाट सभापतिका उम्मेदवारको रुपमा कुलबहादुर गुरुङको नाम अगाडी सारिए पछि १३औँ महाधिवेशन पनि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ हुने भएको छ । एक भरपर्दो स्रोतले दिएको जानकारी अनुसार संस्थापनले कुलबहादुर गुरुङको नेतृत्वमा उपसभापति कार्यबाहक सहित रामचन्द्र पौडेल र खुमबहादुर खड्का र रामशरण महत, महामन्त्रीमा सशांक कोइराला, बिमलेन्द्र निधि र सहमहामन्त्रीमा पूर्ण बहादुर खड्का र रमेश लेखक र कोशाध्यक्षमा चित्र लेखा यादवको नाम प्रस्ताव गरे पछि देउवा तेस्रो पटक पनि हार्ने उम्मेदबार बन्नु भन्दा सशांक कोइराला मार्फत अब बन्ने सरकारको नेतृत्वको लिखित ग्यारेन्टी तर्फ लागेका छन् भने पौडेल कार्यबाहक सभापति र प्रधानमन्त्रीको सुनिश्चित भएमा उम्मेदबारी त्याग्ने मनस्थितिमा पुग्नु भएको छ । नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशन मार्फत दुई दशकदेखि एकछत्र नेतृत्व गर्दै आएको संस्थापन पक्षलाई बिदा गर्न बिपी कोइरालालाई फाँसी दिनु पर्छ भन्ने नुवाकोट राउतबेशिका अर्जुन नरसिंह केसीको शरणमा पुगेका देउवाको सपना र योजना महाधिबेशनको तिथि मिति नजिकिदै जाँदा तुहिन थालेको संकेत बुझेर देउवा यतिबेला बिपी पुत्र सशांक कोइराला मार्फत शुरक्षित राजनीतिक अवतरणको बाटो तर्फ लागेको स्रोतको दावी छ । मधेश बाहेकको क्षेत्रीय अधिवेशनहरूबाट प्राप्त परिणाम आफ्नो पक्षमा पारेर कोइराला पक्षलाई उछिन्ने देउबाको योजना असफल भए पछि उनि शुरक्षित राजनीतिक अवतरणको बाटो तर्फ लागेका हुन् । बाह्रौँ महाधिवेशनमा देउवालाई प्राप्त मतका आधारमा हेर्दा पूर्वाञ्चल तथा मध्यमाञ्चल सर्वाधिक कमजोर देखिएका थिए । यसपटक पनि पूर्वाञ्चलमा स्थितिमा सुधार आए पनि मध्यमाञ्चलको परिणाम देउबा पक्षको लागि थप दुखद राह्यो ।

पूर्वाञ्चलको मत परिणाम कोइराला पक्षकै हाराहारीमा देखिएका देउवा पक्ष मध्यमाञ्चल क्षेत्रमा भने सर्मनाक पराजयको परिणाम स्वीकार्न वाध्य भयो । उपत्यकामा भक्तपुर बाहेक संस्थापन ठुलो मतान्तरले अगाडि रहेको देखिए को छ ।

त्यस्तै, धादिङ, सिन्धुपाल्चोक, ललितपुर, मकवानपुर र चितवन संस्थापनको एकलौटी पल्लाभारी भएको छ भने नुवाकोटमा बीपीलाई फाँसी दिनु पर्छ भन्ने नुवाकोट राउतबेशिका अर्जुन नरसिंह केसी जता काफल पाक्यो उतै चरी नाच्यो भएकाले उनले बिक्रीमा राखेको दर्जन भोट देउबाले पाउने सम्भावना बढेर गएको छ ।

सुदूरपश्चिमाञ्चलमा ५५ प्रतिशतको हाराहारीमा जित हाँसिल गर्न सफल देउवाको पक्षमा मध्यपश्चिमा चालिश र पश्चिमाञ्चलमा पैंतालिस प्रतिशत मत रहेको उनीहरुको दावी छ । बर्दिया जिल्लामा देउबा सुन्यको अवस्थामा रहेका छन् बाँकेको अठचालीस मतमध्ये देउवाले कम्तीमा १० मत पाउनु पर्ने आंकलन छ । नवलपरासीमा देउवालाई १५ र कोइराला पक्षलाई ३५ मत प्राप्त हुने अवस्था छ । सल्यानको चौबीसमध्ये १२ देउवालाई र ११ कोइराला पक्षमा जाने देखिएको छ ।

यता मधेसका जिल्लाहरूमा पनि देउवा पक्षको पक्षमा उम्मेदबार बन्न समेत मान्छेको अभाव रहेको अवस्थामा देशभरिको चुनाव परिणामले शेरबहादुर देउवाको पराजय सुनिश्चित गरेको छ । बाह्रौँ महाधिवेशनमा सुशील कोइराला तीन सय मतले विजयी बन्नुभएको थियो, तेह्रौँ महाधिवेशनमा कुल बहादुर गुरुङ देउवा पक्षको भन्दा करिब चार सय मतान्तरले विजयी बन्नुहुने देखिएको छ । गुरुङ र देउवाबीचको प्रतिस्पर्धामा मतान्तर ठुलै हुने अनुमान गरिए पनि रामचन्द्र पौडेल वागी उम्मेदबार उठेको अवस्थामा बिजयको मतान्तरमा संस्थापनले ४० देखि ५० भोट गुमाउने अवस्था रहेकोले कुलबहादुर गुरुङ कति मतान्तरले विजय हुने हुन् अहिले नै भन्न सकिने अवस्था रहेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बोलाइएको हो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा खोप दिन सुरु गरेको छ । पहिलो चरणमा

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय