बढ्दैछन् पत्नीपीडित पुरुष

१७ असार २०६९, आईतवार १३:०५ मा प्रकाशित


जनकपुरधाम, १७ असार । महिला हिंसाको घटना अत्याधिक हुने गरेको नेपाली समाजमा पुरुषहरु पिडित बनेको भन्दा आश्चर्य लाग्न सक्छ । तर, तर जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांकले यस कुरालाई पुष्टी गरेको छ । अधिकांशतया महिला पिडित भई न्यायको गुहार लगाउंदै जिल्ला प्रहरीसम्म पुग्ने गरेको परिवेशमा विगत दुई वर्षदेखि पुरुषहरु पिडित भएर आउन थालेकाले पारिवारिक हिंसाका सन्दर्भमा नौलो किसिमको वातावरणको सृजना गर्ने गरेको जिल्ला प्रहरी कार्यालय धनुषाकी महिला सेल प्रमुख प्रहरी सहायक निरीक्षक सुभद्रा आलेको कथन छ । पुरुष पिडित हुने भनेको आफ्नो श्रीमति र ससुराली पक्षबाट हो, उनीहरुले लोकलाज तथा सामाजिक प्रतिष्ठा गुम्ला भन्ने त्रासले आफू हिंसामा परेको कुरा खुलेर राख्न नसक्ने गरेको प्रसनी आलेले जानकारी गराइन् । जिप्रका धनुषामा आफ्नी श्रीमतिविरुद्ध उजुरी गर्न आएका विदेशबाट फर्केका एक युवकले अति नै दुःखद स्वरमा भन– ‘तीन वर्षसम्म विदेशमा गएर दिनरात काम गरें अनि फर्केर आउंदा त इज्जत–प्रतिष्ठा सबैलाई पछाडि छाडेर श्रीमति अर्कोसंग भागेको थाहा पाउंदा जिन्दगी नै समाप्त भएजस्तो लाग्छ ।’ बुवा–आमामाथि विस्वाश नगरी श्रीमतिको नाममा मेहनतको सम्पूर्ण कमाई पठाएको र तिनै श्रीमति उक्त पैसाबाट मौज गर्दै अरुसंग भागेको पिडा पिडितले पोखे । एक छोरा र एक छोरीका बुवा रहेका ती व्यक्तिले भने– ‘सबैथोक गयो, अब त समाजमा मुख देखाउने क्षमतासमेत बांकी रहेन ।’ पिडितले भने– कर्जा लिएर विदेश गएको थिएं भविष्य राम्रो हुन्छ भनेर, तर परिश्रम पनि गयो, धन पनि गयो र उल्टै मेरो त इज्जत नै लिलाम भयो ।’
जिप्रका धनुषाको तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्ष पुरुष हिंसामा तीन गुणा बढोत्तरी भएको देखिन्छ । वि.स. २०६७÷०६८ मा ८ वटा पुरुष हिंसाको उजुरी परेको जिप्रकामा यस वर्ष हालसम्म २१ जना पुरुष–पिडितहरुले न्यायका लागि उजुरी दिइसकेका छन् । ‘विपक्षी मेरी श्रीमति हो, विवाह भएपछि म रोजगारीको लागि विदेश जांदा त्यहांबाट उसलाई रुपैंया–पैसा पठाउने गरेको र हाल फर्केर आउंदा उ सम्पूर्ण सम्पत्ति लिएर भागेकोले त्यसलाई फिर्ता बोलाई सम्पत्ति फर्काइ दिन अनुरोध गर्दछु’ भन्ने व्यहोराका उजुरीहरु पर्ने गरेको प्रसनी आलेले बताइन् । कतिपय उजुरीहरुमा कम उमेरमा विवाह भएको र हाल आएर श्रीमतिले अरुसंग नै सम्पर्क राख्ने गरेको व्यहोरा पनि भेटिनेगरेको छ । वैदेशिक रोजगारमा गएकाहरुको घरमा श्रीमति एक्लै हुने गरेको र यस्तोमा तिनको अज्ञानता र अशिक्षाको फाइदा उठाएर समाजकै केही विकृत व्यक्तिहरुले विदेशबाट पठाएको रकम र त्यस महिलाको इज्जत दुवैसंग खेलवाड गर्ने गरेको र पछि ति महिलाहरुलाई प्रयोग गरेर छाडिनेसमेत गरिएकोले यसबाट बच्न जनचेतना फैलाउनु आवश्यक रहेको कानुन व्यवसायी रेखा झाको भनाइ छ । परपुरुषको प्रलोभनमा परि आफ्नो घर–परिवारलाई छाडेर जाने महिलाहरु पछि गएर अझ बढि पिडित हुने गरेको र उनीहरुको सहयोगका लागि समाजसमेत अगाडि नआउंदा समस्या विकराल हुने गरेको झाले बताइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो

बागलुङ । “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी