स्वर्गीय कोइरालालाई समवेदना व्यक्त गर्न शोक पुस्तिका सहितको कार्यक्रम राखिंदै

२९ माघ २०७२, शुक्रबार ११:२९ मा प्रकाशित

लस-एन्जलस । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाको निधनप्रति शोक व्यक्त गर्न चाहनेहरुका लागि लस-एन्जलसमा रहेको नेपाली वाणिज्यदूतावासले आगामी शनिबार शोक पुस्तिका सहितको कार्यक्रम राख्ने भएको छ । १३ फेब्रुवरी, शनिबार, २०१६ का दिन नेपाली वाणिज्यदूतावास लस-एन्जलसको तर्फबाट शोक पुस्तिका राखिने वाणिज्यदूत ऋषि ढकालले जारी गर्नुभएको वक्तब्यमा जनाइएको छ । लस-एन्जलसस्थित श्री पशुपतिनाथ फाउन्डेसनमा बिहान ९:०० बजे देखि अपरान्ह १:०० सम्म शोक पुस्तिका राखिनेछ ।

मिति: १३ फेब्रुवरी, शनिबार, २०१६
समय : बिहान ९:०० बजे देखि अपरान्ह १:०० बजे सम्म
स्थान: श्री पशुपतिनाथ फाउन्डेसन, नर्वाल्क
Shree Pashupatinath Foundation USA
10843 Kenney St, Norwalk, CA 90650
ऋषि ढकाल
अवैतनिक वाणिज्यदूत
क्यालिफोर्निया, संयुक्तराज्य अमेरिका

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र