बलिउड नायिका प्रिती जिन्टाले लस-एन्जलसमा लगन गाँठो कस्दै

२८ माघ २०७२, बिहीबार २३:५८ मा प्रकाशित

लस-एन्जलस । बलिउड नायिका प्रिती जिन्टाले आफू भन्दा १० बर्ष कान्छा अमेरिकी प्रेमी जीन गुडइनफसँग लगन गाँठो कस्ने भएकी छिन । मायाबी शहर लस-एन्जलसमा बसोबास गर्ने आफू भन्दा १० बर्ष कान्छा प्रेमीसँग उनले बिहे गर्न लागेको इन्टरटेन्मेन्ट वेवसाइट ‘स्पोटबोइ डटकम’ले दावी गरेको छ । नायिका जिन्टाको फ्रेवुअरी १२ देखि १६ तारिखसम्म वेडिङ्ग सेरेमनी चल्ने भारतीय मिडियाको दाबी छ । नायिका जिन्टाले आफ्ना नजिकका साथीलाई फोन गरेर बिहेका लागि निमन्त्रणा गरेकी छिन् । उनले भनेकी छिन्-‘मेरो बिहे लस-एन्जलसमा हुँदैछ । यदि तपाई पनि मेरो खुशीमा सहभागी हुनुहुनेछ भने मलाई राम्रो लाग्नेछ ।’ अमेरिकाको लस-एन्जलसमा बस्ने जीन गुडइनफ नाम गरेका यूवकसँग नायिका जिन्टा प्रेम सम्बन्धमा छिन् र उनीहरु करिब १ बर्षदेखि डेटमा थिए । जीन ३० बर्षका छन्,भने प्रिती ४१ वर्षमा प्रवेश गरेकी छिन् । जीन लस-एन्जलस बस्छन् । यी दुइको लस-एन्जलसमै दुई बर्ष अगाडि भेट भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । हिजो आज अस्ट्रेलियामा पनि स्तरिय नेपाली म्युजिक भिडियो निर्माण हुन थालेका छन्। पछिलो समय अस्ट्रेलियाको विभिन्न ठाउमा छायांकन

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी