आफै विघठन गरेको संविधानसभा पुनस्थापना गर्न प्रधानमन्त्री तयार

१६ असार २०६९, शनिबार १८:२८ मा प्रकाशित


काठमाडौ, १६ असार । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलहरुवीच सहमति भए संबिधानसभा पुनस्थापना हुन सक्ने बताउनुभएको छ । वालुवाटारमा केही सञ्चारकर्मीसँग कुरागर्दै प्रधानमन्त्री भट्टराईले आफ्नो पहिलो प्राथमिकता निर्वाचन भएपनि दलहरुवीच पुनस्थापनाको सहमति भए आफू बाधक नबन्ने बताउनुभयो । प्रधानमन्त्री भट्टराईले दलहरुवीच पहिले संबिधानका विवादित बिषयमा सहमति जुटेपछि मात्र सत्ता साझेदारीको कुरा हुने तर्क गर्नुभयो । विवादित विषयमा सहमति बनेपछि जसको नेतृत्वमा सहमतिको सरकार बनेपनि आफू तयार रहेको बताउनुभयो ।  प्रधानमन्त्रीले आफ्नो सरकार कामचलाउ नभएर चुनावी सरकार भएकाले चुनावी सरकारले पूर्णआकारको बजेट ल्याउन पाउने पनि बताउनुभयो । प्रधानमन्त्रीले केही दिनमै १२ हजार मेट्रिक टन मल आइपुग्ने र केही ढिला भएपनि सरकारले किसानलाई प्रयाप्त मल दिने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको