नेपाल सहज यु–१९ विश्वकपमा छनोट हुन असफल

नामिबियासँग १५ रनले पराजय
२८ माघ २०७२, बिहीबार २३:१६ मा प्रकाशित

काठमाडौँ, २८ माघ । उन्नाइस वर्षमुनि (यु–१९) उमेर समूहको विश्वकप क्रिकेट प्रतियोगिताको ‘प्ले अप’मा नेपाल आज नामिबियासँग १५ रनले पराजित भएको छ । पराजयसँगै नेपाल सन् २०१८ मा हुने यु–१९ विश्वकपका लागि सोझै छनोट हुन असफल भएको छ ।

बङ्गलादेशको फतुल्लाहमा सातौँ स्थानका लागि भएको खेलमा टस जितेर व्याटिङ गरेको नामिबियाले ४५ ओभरमा नौ विकेट गुमाउँदै २२५ रन बनायो । जवाफी व्याटिङमा उत्रेको नेपालले ४४।२ ओभरमा सवै विकेट गुमाउँदै २१० रन मात्र बनायो । नेपालका लागि ओपनर सुनिल धमलाले अर्धशतक बनाए । उनले ८४ बल खेल्दै ५९ रन जोडे । त्यस्तै, योगेन्द्र कार्कीले ३५, प्रेम तामाङले ३२, दीपेन्द्र ऐरीले ३१ र आरिफ शेखले ३० रन बनाए ।

नामिवियाका मिचेल भान लिङ्गेनले ४, फ्रिट्ज कोइट्जीले ३ तथा बुर्टन जाकोब्स्ले २ विकेट लिएपछि नेपाल लक्ष्यमा पुग्न सकेन । यसअघि नामिवियाका लागि लोहान लरेन्स्ले सर्वाधिक ५९ रन वनाएका थिए । यस्तै लिङ्गेनले ५८ तथा फ्रान्कोइस राउटेनवाचले ३९ रन जोडे । नामिबियालाई मध्यम स्कोरमा समेट्न नेपालका सन्दीप लामिछानेले तीन, सुशील कँडेलले दुई तथा सुनिल धमला र प्रेम तामाङले एक÷एक विकेट लिए ।

आजको खेलमा नेपालले विजय हासिल गरेको भए सातौँ स्थानमा रहँदै सन् २०१८ मा हुने यु–१९ विश्वकपका लागि सोझै छनोट हुने थियो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । गएराति सम्पन्न आईपीएल २०२१ को सातौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्समाथि ३ विकेटको जित निकाल्दै अंक तालिकामा

रोयल च्यालेन्जर बेङलोरले इण्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार दोस्रो जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई

नयाँदिल्ली । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग आईपीएलमा रोमाञ्चक जीत हात पार्दै विजयी सुरुवात गरेको छ । आईपीएलको चौधौं संस्करणको

चेन्नइ । कोलकाता नाइट राइडर्सले १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । १